काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् ।
उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार सहयोग प्रदान गरेका हुन् ।
तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई रु १० हजार सहयोग प्रदान गरेका हुन् ।
लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहेका दुवैलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेका उनका सचिव हेमन्त रेग्मीले बताए ।
Comments are closed.