हेल्पफुल ह्यान्डसको आयोजनामा रक्तदान,६० युनिट रगत संकलन

पोखरा, २३ चैत

लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्यान्डस्को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका क्याविनेट सेक्रेटरी राम वसेलले पहिलो रक्तदाता क्लवका सदस्य गणेश सुनारलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा वोल्दै वसेलले लायन्स क्लवहरुले सक्रिय भएर रगत संकलन गर्ने गरेको बताए । देशमा आइपर्ने विभिन्न परिस्थितीमा पनि रगतको अभाव हुन नदिनका लागि यस्ता कार्यक्रमको महत्वपुर्ण भुमिका रहने वसेलले बताए ।

jutta mela

डिष्ट्रिक्ट ३२५ बि वानका सेकेन्ड भाईस गर्भनरका उमेद्वार विशेश्वर आचार्यले क्लबले गरेका उत्कृष्ट कार्यको सम्मान गरे । कार्यक्रममा रिजन चियरपर्सन माधव पौडेल, जोन चियरपर्सन डि.वि विश्वकर्मा लगायतले वोलेका थिए । मोहन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दुर्गा सुनारले गरेका थिए ।

You might also like

Comments are closed.