हिमालय एअरलाइन्सद्वारा काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुचारु

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले डिसेम्बर १२, २०२३ मा लामो समयदेखि प्रतीक्षारत काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।

यस काठमाडौं–चोङकिङ–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरकाबीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको छ ।

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक–कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ ।

jutta mela

पहिलो आउटबाउन्ड उडान, H9 787, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५ः५० बजे अवतरण गर्ने छ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको थियो । चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४ः२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्नेछ र काठमाडौंमा साँझको ६ः३५ मा अवतरण हुने छ ।

एअरलाइन्सले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने बताइएको छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्सले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।
यस रुटको पुनः सुरुवातले नेटवर्क बिस्तार तथा यात्रुहरूको चाहनाअनुरुप नै प्रत्यक्ष, भरपर्दो र आरामदायी हवाई यात्रा अनुभव प्रदान गर्ने लक्ष्यलाई प्रगाढ रुपमा अगाडि बढाउने हिमालय एअरलाइन्सको प्रतिबद्धतालाई अझ बढी प्रष्ट्याएको छ । आफ्नो नेटवर्कमा थपिएको यो रुटसँगै हिमालय एयरलाइन्स्ले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्ने लक्ष्य राख्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पु¥याउने अपेक्षा गरेको छ ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँ र यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीन दुवै देशका विविध सौन्दर्य तथा अवसरको अन्वेषणमा सहायकसिद्घ हुने अपेक्षा एअरलाइन्सले गरेको छ ।

यात्रुहरूले हिमालय एअरलाइन्सको टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्सको आधिकारिक वेबसाइटबाट काठमाडौं–चोङकिङ–काठमाडौं उडानको टिकट बुक गर्न सक्नेछन् ।

You might also like

Comments are closed.