हिताचीद्वारा नयाँ उत्पादन लन्च, छिट्टै अन्य उत्पादन पनि उपलब्ध गराउने घोषणा

काठमाडौं । हिताचीले फ्रिज, वासिङ मेसिन, भ्याकुम क्ल्निर र माइक्रोवेभ ओभनको लन्च गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि ति उत्पादन लन्च गरेको हो । बजारमा छिट्टै उपलब्ध गराइने ४ वटा विभिन्न उत्पादनका वारेमा पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

नेपाली प्रयोगकर्तालाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादन उपलब्ध गराउने तथा नेपालमा आफ्नो संचालनलाई थप मजवुत बनाउने योजना रहेको कम्पनीले जनाएको छ ।

‘हामी नेपालका हाम्रा सवै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्ने छौं, ‘रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने ।

jutta mela

‘रमेश कर्प सँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधीका साथमा प्रत्येक घरलाई समृद्ध बनाउने छ भनेर हामी दृढ विश्वास लिन्छौं,’ हिचातीका प्रवन्ध निर्देशक चेन टेक बेङले भने ।

कार्यक्रममा ए.एच.एस जीका व्यापार विकास विभागका महाप्रवन्धक तरुण जैनले हिताचीले बजारमा थप नयाँ उत्पादन छिट्टै ल्याउने बताए । व्यापार विकास विभागका वरिष्ठ प्रवन्धक एलविन थाम पनि कार्यक्रममा उपस्थित थिए ।

युनिभर्सल इलेक्ट्रोकम प्रा.लि कार्यकारी निर्देशक रोहित गुप्ताले ग्राहकको सन्तुष्टी आफ्नो उच्च प्राथमिकतामा रहेको र हिताचीले बिक्री र बिक्रीपछिको सेवा पनि राम्रोसगँ उपलब्ध गराउने बताए ।

नेपालका लागी हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक रमेश कर्पको शाखा युनिभर्सल इलेक्ट्रोकम प्रा.लि हो । ५० वर्षअधि स्थापना भएको रमेश कर्प नेपालकै एक ठुलो नीजि औद्योगिक र व्यापारिक समूह हो । रमेश कर्पले नेपालमा उत्पादन, वित्तीय सेवा, घर जग्गा, जलविद्युत, खानी, मोवाइल फोन, लगानी, निर्माण जस्ता विभिन्न क्षेत्रमा आफ्नो बलियो उपस्थिती जनाएको छ ।

 

 

You might also like

Comments are closed.