जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको एकीकृत कारोबार बिहीबारबाट

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाबीच असार २७ गते बिहीबारबाट एकीकृत कारोबार हुने भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त र लम्कीचुहा नगरपालिका वडा नं. ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त मर्जर भइ एकीकृत कारोबार सुरु हुन लागेको हो । यी दुई संस्थाबीच एकीकरणका लागि गत चैतमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

जाल्पा लघुवित्तको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ छ भने किसान लघुवित्तको हाल चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार रुपैयाँ छ ।

दुई संस्था गाँभिए पश्चात केन्द्रीय कार्यालय साविक किसानको केन्द्रीय कार्यालय रहेको आफ्नै भवन लम्कीचुहा कैलालीमा रहनेछ ।

कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा हुनेछ । संस्था एकीकरणपछि एकीकृत कारोवार ‘मातृभूभी लघुवित्त वित्तीय संस्था लि.’ नामबाट हुनेछ ।

संयुक्त कारोबारसै किसानको तर्फबाट सञ्चालक समितिको अध्यक्ष रहने र जाल्पाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रहने समझादारी भएको छ । मर्जरसँगै लघुवित्तको क्षेत्रमा बलियो संस्थाको उदय हुने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.