‘प्रथम चितवन फुटवेयर एक्स्पो’ केही दिन मात्रै बाँकी

भरतपुर । चितवनमा आयोजित ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ केही दिन मात्रै बाँकी छ । मेला चैत १७ गतेसम्म मात्रै जारी रहने आयोजकको भनाइ छ । स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरुको प्रदर्शनीमा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण देखिएको बताइएको छ । चितवन प्रदर्शनी केन्द्र (टेलिकमको अगाडि) आयोजित एक्स्पोमा जुत्ता चप्पल खरिदमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । एक्स्पोमा सबै उमेर समूहलाई लक्षित गरी एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ । हालसालै बजारमा सार्वजनिक भएका जुत्ता चप्पल पनि एक्स्पोमा उपलब्ध छन् ।

चितवन उद्योग संघ र नेपाल जुत्ता घरको आयोजनामा स्वदेशी जुत्ता चप्पलको प्रवर्द्धन गर्ने लक्ष्यसहित एक्स्पो आयोजना भएको हो । एक्स्पोमा बिएम डियरहिल÷बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ ब्राण्डको सहभागिता छ ।

स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने लक्ष्यसहित एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ । स्कुल सुज, कलेज सुज, स्पोर्टस सुज, पार्टी सुज लगायत ग्राहकको आवश्यकता अनुसारका सम्पूर्ण प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक सुरज बन्जाडेले बताए । ‘मेलामा चितवन आसपासका क्षेत्रका सर्वसाधरणको आकर्षण देखिएको छ । आगामी दिनमा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं’ उनले भने । सस्तो मूल्यमा राम्रो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले चितवनबासी एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने आयोजकको विश्वास छ ।

 

You might also like

Comments are closed.