सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुन नियुक्त

तनँहु। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा केशव कुमार पौडेल पुन नियुक्त भएका छन । आज वैशाख २४ गते विहान वसेको वित्तीय संस्थाको सचालक समितिको ८६ औ वैठकले २०७८ जेठ १ गतेवाट लागु हुने गरि थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पौडेललाई नियुक्ति गरिएको बताइएको छ ।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा बिभिन्न पद हुदैं प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ । २०७४।०२।०१ गतेदेखि सवैको लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी वहन गरेका पौडेलको यही मिति ०७८ वैशाख मसान्तसम्म मात्र कार्यअवधी रहेको थियो । निजको बितिय अनुभब र कार्यकुशलताको सम्मान गर्दै बोर्डले आगामी ४ बर्षका लागी पुन प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ आषाढ २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४/०३/३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

संस्थाले ०७८ चेैत्र मसान्त सम्म ७ वटै प्रदेशका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुको संजाल बिस्तार गरेको छ । सोही अवधी सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा रु. ३ अर्व १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ ।

You might also like

Comments are closed.