कामना सेवा विकास बैंक र द ऐ-ला लाउन्जबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरस्थित द ऐ-ला लाउन्जसँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका ग्राहकले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

jutta mela

सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले १३५ शाखा सञ्जाल,, ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

 

You might also like

Comments are closed.