काठमाडौं । सार्वजनिक खरिद प्रयोजनको लागि कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलबीच सम्झौता भएको छ ।
सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्झौता गरिएको छ ।बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह–सचिव विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
दुुई पक्षबीच भएको सम्झौताले सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत कामना सेवा विकास बैंकबाट लिई अनलाईनमार्फत सम्बन्धित निकायमा पेश गर्न सकिने बताइएको छ ।
बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसंग सम्बन्धित कागजातहरु अनलाईन माध्यमद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ । सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।







Comments are closed.