कामना सेवा विकास बैंक र द एसआर होटल एण्ड इभेन्ट्सबीच सम्झौता

काठमाडौं ।  कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित। द एसआर होटल एण्ड इभेन्ट्स प्रा.लिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.