कुटी रिसोर्टले ल्यायो चाडपर्वमा सस्तो प्योकज, केके छन् सुविधा ?

पोखरा । पोखराको कुटी रिसोर्टले दसैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी सस्तो प्याकेज सार्वजनिक गरेको छ । रिसोर्टले आन्तरिक पर्यटकलाई लक्षित गरी एक रातको प्रति व्यक्ति २ हजार २ सय ९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको सञ्चालक देवेन्द्र केसीले जानकारी दिए ।

प्याकेजमा बेड, ब्रेकफास्ट, स्पा, स्टिम, एयरपोर्ट अथवा बसपार्क पिकअप र ड्रपआउट समावेश गरिएकोे छ । त्यसैगरी कुटी स्विट रुमका लागि एक जोडीको १२ हजार रुपैयाँको प्याकेज पनि ल्याइएको केसीले जानकारी दिए ।

थ्रि स्टार सरहको सेवा सुविधा प्रदान गरिरहेको रिसोर्टमा ५१ वटा रुम छन् । कुटी रिसोर्टलाई समय सान्दर्भिक र स्तरीय बनाउँदै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न आफूहरु सफल रहेको सञ्चालक देवेन्द्र केसीले बताए ।

रिसोर्टमा इन्डोर हिटर स्विइमिङ पुल, रुफटप गार्डेन, सेमिनार हल, स्पा, स्टिम, मसाज लगायतको सेवा सुविधा उपलब्ध छन् । ‘अर्गानिक रेष्टुरेन्ट हाम्रो विशेषता हो,’ केसीले भने, ‘साँस्कृतिक कार्यक्रमले पनि पाहुनालाई आकर्षित गर्छ ।’

पाहुनाको मागलाई मध्यनजर गरी रिसोर्टले लेकसाइडकै बगैंचामार्गमा होटल कुटी पनि सञ्चालनमा ल्याएको छ । जहाँ ४० वटा रुम छन् । होटल कुटीसँगै सुविधा सम्पन्न बैंक्युट हलसमेत सञ्चालनमा आइसकेको छ ।

You might also like

Comments are closed.