मुक्तिनाथ विकास बैंकको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफा ३०%भन्दा बढीले वृद्धि

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्ममा उल्लेखनीय वित्तीय प्रगति गरेको छ । गत असार मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.७० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ मात्र थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत, कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशतले वृद्धि भएको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात १८.६ गुणा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ।

७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

२०७९ असार मसान्तसम्ममा बैंकको कुल सम्पत्ति १३७ अर्ब ५९ करोड १२ हजार २२६ रुपैयाँ, कुल दायित्व १२५ अर्ब ३९ करोड ७४ हजार २५ रुपैयाँ र कुल इक्विटी १२ अर्ब १९ करोड ३८ लाख ८८२ रुपैयाँ रहेको बैंकले जनाएको छ।

यसैबीच, नेपाल बैंकर्स संघले डिजिटल भुक्तानीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था भिसासँग सहकार्य गर्ने घोषणा गरेको छ। यो सहकार्य साइबर सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न तथा वित्तीय क्षेत्रमा क्षमता विकास गर्न लक्षित छ। संघका अनुसार, यसले नेपालको डिजिटल भुक्तानी प्रणालीको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

You might also like

Comments are closed.

Secret Link