काठमाडौं । नमस्ते पे ले यही फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एयरलाइन्सको उडान टिकटमा विभिन्न अफरहरु ल्याएको छ ।
नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले “FLY300” प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा ३ सय रुपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन्। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १ सय प्रतिशत क्यासब्याक पाउनेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मुल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्छन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
Comments are closed.