दूधको खपत बढाउने नीति ल्याउन पालिकाहरुलाई डेरी एसोसिएसनको सुझाव

काठमाडौं । नेपाल डेरी एसोसिएनले देशभरका पालिकाहरुलाई सुझाव लिएको छ । आ.व. २०८१÷८२ का लागि पालिकाहरुले ल्याउने वार्षिक कार्यक्रमलाई लक्षित गरी एसोसिएसनले १२ बुँदे सुझाव दिएको अध्यक्ष प्रल्हाद दाहालले बताए ।

दूधको खपत बढाउने गरी नीति ल्याउन सुझाव दिइएको छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट देशभरका पालिकाहरुलाई दिइएको सुझाव यस्तो छः

jutta mela

मिति : २०८०/११/२८

सम्पूर्ण पालिका प्रमुखज्युहरु,

उपरोक्त सम्बन्धमा आ.व. २०८१/८२ का लागि त्यस पालिकाको वार्षिक कार्यक्रममा यस नेपाल डेरी एसोसिएसनको तर्फबाट निम्नानुसार

कार्यक्रमका लागि सुझाव पेस गरिन्छ :–

१. उत्पादनको सत प्रतिशत दुध अहिले पनि बजारसम्म आउन नसकेको तथ्यांक हामी माझ प्रष्ट छ । त्यस सम्बन्धि अध्ययन गरि बजारसम्म आउन नसकेको दुध बजारसम्म पु¥याई आम किसानको हित हुने कार्यक्रम राखिनु पर्छ।

२. आहिले दुध तथा दुग्ध पदार्थले बजार नपाएर खेर जानु पर्ने अवस्था एकातिर छ भने आयातित सामानले बजार पाइरहेको अवस्थामा स्वदेशी उत्पादन उपभोग बढाउन नेपाल डेरी एसोसिएसनको सहकार्यमा स्कुलका विद्यार्थीसँग लक्षित कविता, बक्तृत्वकला, वादविवाद जस्ता कार्यक्रम गरि दुधको महत्व बुझाउँदै जाने खालका कार्यक्रमहरुमा बजेट छुट्याइयोस् । यसले बालबालिकामा दुध सेवन गर्नुपर्छ भन्ने जनचेतना फैल्याउन सहयोग पुग्ने र देशभर खपत बढ्छ ।

३. डेरीहरुमा बटर, पनिर राख्न समस्या भएका कारण मिल्क होलिडे गर्नु पर्ने बाध्यता भएकोले डेरी एसोसिएसनसँगको सहकार्यमा कोल्ड स्टोर राख्न बजेट छुट्याईयोस् ।

४. गुणस्तर सुधार र दुधको परिणाम कम गर्न सबै पालिकामा अनिवार्य दुई समय दुध संकलन गर्ने र ८ प्रतिशत एसएनएफ दुधमा अनिवार्य गरि बजारको ब्यवस्थापन गर्न नेपाल डेरी एसोसिएसनसँग सहकार्य गरियोस् । आवश्यक चिलिङ भ्याट र अरु कुरामा पलिकाले सहजीकरण गर्ने कार्यक्रम राख्ने ।

५. नेपाल डेरी एसोसिएसनसँग सहकार्य गरि डेरी मेला वा राष्ट्रिय अन्तरष्ट्रिय गोष्ठि गरियोस् । यसले आवश्यक ज्ञान, प्रविधि र अनुभव बढुल्न सहज हुन जान्छ ।

६. आ–आफ्ना पालिकामा भएका घरेलु डेरीको स्थरउन्नतीका लागि आवश्यक बजेट छट्याइयोस् र मर्जर भएर डेरी लगाउन आएमा ५० प्रतिशत अनुदान दिइने कार्यक्रम ल्याइयोस् । त्यसो गर्दा फर्मल डेरी उद्योगको संख्या बढ्छ र हरेक कुरामा सहज हुन जान्छ ।

७. दुधको गुणस्तर कायम हुनको लागि गोठदेखि ओठसम्म नै सुधार आवश्यक छ । त्यसको लागि असल दुध उत्पादन अभ्यास आवश्यक छ । सो तालिम संचालन गर्नका लागि सरोकारवाला संस्थाहरुसँग सहकार्य गर्न बजेट छुट्टाइयोस् ।
८. गाउँ घरमा आजभोलि बाच्छा जन्मिदा त्यसलाई पाल्न नसक्ने र ब्यवस्थापन गा¥हो भएकोले त्यसको ब्यवस्थापनका लागि कार्यक्रम बनाइयोस् ।

९. छुर्पी, बटर र एस.एम.पी कृषि क्षेत्रको प्रवद्र्धनका लागि राष्ट्रिय खपतले मात्र प्रर्याप्त नहुने देखिन्छ । राष्ट्रिय स्तरमा आर्मी, प्रहरी, सशस्त्र, अस्पताल, स्कुल, कलेज, खेलाडीहरु र ठूला ठूला होटलहरुमा नेपाली कृषि उत्पादन अनिवार्य गर्नुपर्दछ । अन्तराष्ट्रिय बजार खूल्ला भएकोले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न नेपाली उद्योगलाई धेरै कठिन भईरहेकोछ । जुनजुन सामान अन्तराष्ट्रिय स्तरबाट भित्रिन्छ त्यस्ता सामान उत्पादन गर्न उद्योगहरुलाई सरकारले विजुलीमा छुट, भ्याटमा छुट, कच्चा पदार्थहरु, प्याकेजिङ्ग मेटेरियल्समा भन्सार छुट आदिमा सहुलियत दिनुपर्दछ । अन्यथा विदेशी सामानसंग प्रतिस्पर्धा गर्न सकिंदैन । विदेश निर्यात गर्न सकिने समाना धुलो दुध, छुर्पी, बटर, घ्यु आदि निर्यात गर्न चाहने उद्योगीहरुलाई पालिकाले सहजीकरण गरिदिनुपर्दछ ।

१०. प्रत्येक पालिकाले आफ्नो पालिका भित्र रहेका पशु दर्ता कार्यक्रम शुरु गरि तथ्यांक संकलन होस् । थारा गाईको ब्यवस्थापनमा सरकारले सहयोग गर्नु प¥यो । यसले बिस्तार हामीलाई सहज हुन्छ र केहि वर्षपछि हामीले सहज रुपमा हाम्रा उत्पादित बस्तु निर्यात गर्न सकिन्छ ।

११. सर्व प्रथम राष्ट्रिय नितिमा सुधार गर्नुपर्दछ । नेपाल भरका कुनै पनि सरकारी वा निजी जमिन खाली राख्न नपाउने नियम बनाउनुपर्दछ । पशुपालन र खेती गर्ने ब्यक्तिलाई उच्च स्तरको सम्मान गर्नुपर्दछ जसले गर्दा उसलाई हिनता बोध नभई आत्मसम्मान बढन सकोस् । कृषि सम्बन्धि कुनै पनि काम गर्ने ब्यक्तिलाई न्युन ब्याजमा सहुलियत र सहज तरिकाले ऋण उपलब्ध गराउनु पर्दछ । कृषि उत्पादन लागत मुल्यांकन गरी नाफा सहित स्थानीय सरकारले जिम्मा लिनुपर्दछ तब मात्र उत्पादन बढि भई देश आत्मनिर्भर तर्फ अगाडि बढ्दछ ।

१२. हरेक पालिकामा स्वदेशी उत्पादन मात्र उपभोग गर्न प्रोत्साहन गरिने खालको जनचेतना मुलक कार्यक्रमका बजेट छुट्टाउनु पर्ने ।

You might also like

Comments are closed.