सेतीमदी साकोसमा तीज बिशेष कार्यक्रम सकियो, सदस्यलाई ए एण्ड बि इन्टरनेश्नल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

पोखरा । पोखरा महानगरपालिका २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

संस्था स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यलाई सहकारीका काम, कारवाही, सहकारीका सदस्यले पालन गर्नुपर्ने नियमहरु, बचतसँगै क्रण लिदा अपनाउनुपर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिइएको छ ।

सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयसँगै आर्थिक र वित्तीय अनुशासनका बारेमा सदस्यलाई जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेकी सहकारी सञ्चालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । कार्यक्रममा सहकारी सम्बन्धी तीज गित प्रस्तुत सँगै सहकारीमा आवद्ध सदस्यलाई दर समेत खुवाईएको उनले बताईन ।

यसैबीच कार्यक्रममा पोखरा २ मिरुवा स्थित ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारीका सदस्यलाई हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्बन्धमा सम्झौता समेत भएको छ । सम्झौता पत्रमा सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारी र हस्पिटलका प्रतिनिधि डा लता लक्ष्मी पराजुलीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यले १० देखी ३० प्रतिशतसम्म छुट पाउने भएको सहकारीका सचिव शिवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सहकारीले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसका दिन खुल्ला रक्तदान कार्यक्रमसँगै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी विभिन्न सामाजिक कामहरु गदै आएको छ ।

सहकारी सञ्चालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक एंव निवर्तमन अध्यक्ष विश्वबहादुर गुरुङ, उपाध्यक्ष गंगाबहादुर गुरुङ, सचिव शिवराज अधिकारी, कार्यक्रम संयोजक कविता गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिकसँगै अन्य कामका बारेमा आफ्ना भनाई राखेका छन् ।

You might also like

Comments are closed.