वालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन

स्याङ्जा । पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने भन्ने अन्यौलता हुने गर्दछ । यस्तै समस्यालाई निराकरण गर्न सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र वालिङ नगरपालिकाको सहकार्यमा वृत्ति मार्ग निर्देशन कार्यक्रम बुधबारबाट सञ्चालन गरिएको छ ।

यहाँको ४ विद्यालयलाई केन्द« बनाएर कक्षा ९ मा अध्ययनरत १८६ जना विद्यार्थीलाई सहभागी गराईने शिक्षा अधिकृत गीता पाठकले बताइन् । भविष्यको चिन्ता र अन्यौलतामा रहेका विद्यार्थीलाई सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै दिगो तथा सम्मानित रोजगारीको लागि विद्यार्थीलाई आत्मसम्मान मिल्ने विश्वास लिएको उनले जनाइन् ।

पहिलो चरणमा सरस्वती मा.वि र पूर्णामृत भवानी मा.वि केन्द«मा ९८ विद्यार्थीले सहभागिता जनाएका छन् । पहिलो चरणको कार्यक्रम २९ गते सम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी भएपश्चात आफूहरु धेरै खुसी भएको पुर्णमृत भवानी मावि कक्षा ९ मा अध्ययनरत विद्यार्थी ईसा न्यौपानेले बताइन् ।

यस्तै दोस्रो चरणको कार्यक्रम माघ १४ देखि १९ सम्म रणविर जनहित मावि र बालशिद्ध माविमा ८८ जना विद्यार्थीलाई समावेश गराइनेछ । बुधवार भएको पहिलो चरणको कार्यक्रममा जनहित माविका प्र.अ मातृका अर्याल, बाल शिद्ध माविका शिक्षक रेशम रेग्मी र हिमाली माविका शिक्षक लोकराज खनालले सहजिकरण गरेका हुन् ।

कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष नमलाल डुम्रे, पूर्णामृत भवानी माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य यमकान्त खनाल, प्र.अ यामबहादुर कुवँर, विष्णु अर्याल र सिता गौँडेलले शुभकामना व्यक्त गरेका छन् ।

lcci
You might also like

Comments are closed.