भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेशन सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटो कर्पले देशभरका प्रमुख शहरमा विभिन्न कार्यक्रमसहित भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेशन सफलतापूर्वक सम्पन्न गरेकोे छ ।

बागमती प्रदेशका मुख्य शहर चितवनको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्टराइडको आयोजना गरी नारायणगढदेखि गोलाघाटसम्म स्कुटर ¥याली, मकवानपुरको हेटौंडामा टेस्टराइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर ¥याली तथा गण्डकी प्रदेशको नवलपुरको गैंडाकोट, कावासोती, कास्कीको पोखरा, बाग्लुङ्ग जस्ता मुख्य शहरमा टेस्टराइड तथा पोखरादेखि धम्पुससम्म स्कुटर ¥यालीको आयोजना गरिएको हो ।

साथै लुम्बिनी प्रदेशको बुटवलमा टेस्टराईडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर ¥यालीको गरिएको जनाइएको छ । ग्राहकको उल्लेखनीय सहभागिताले यस योजनाले निकै बृहत् रुप लिँदा अपेक्षाभन्दा बढी सफल बनेको छ ।

यसका साथै सो ¥याली पुग्ने ठाउँमा राईडर्स समुदायका लागि आकर्षक एवम् सहभागितामूलक कार्यक्रम आयोजना पनि गरिएकोे थियो । डेल्टा समूहले यो अवधीमा ट्राफिक प्रहरीको सहभागितामा विभिन्न कलेजमा सचेतनामूलक कार्यक्रम गरेको छ । यस कार्यक्रमले ग्राहकको सकारात्मक प्रतिक्रिया आएको डेल्टा अटो कर्पले जनाएको छ ।

प्रमुख शहरमा ग्राहकको उत्साहजनक सहभागिताले भेस्पा र अप्रिलिया स्कुटरको उत्कृष्टता, विश्वसनियतामा थप वृद्धि गरेको छ । आगामी दिनमा अझ रोमाञ्चक अफरहरू ल्याउन डेल्टा अटो कर्प प्रतिबद्ध रहेको छ । कम्पनीले योजना सफल बनाउन योगदान पुरयाउने सबै ग्राहक, डिलरलाई धन्यवाद दिएको छ ।

डेल्टा अटो कर्पले हालसालै हट डिल्स नामक उपभोक्ता योजना पनि ल्याएको थियो जस अन्तर्गत, भस्पा र अप्रिलिया स्कूटर खरिद गर्ने ग्राहकहरूले तुरुन्तै रू ७,५०० छुटका साथ हुडी, स्कूटर कभर, हेलमेट, र कि रिंगजस्ता आकर्षक उपहार प्राप्त गरेका थिए ।

साथै, तुरुन्त फाइनान्सको सुविधा र पुरानो स्कूटरसँग नयाँ स्कूटरको एक्सचेन्ज विकल्पले ग्राहकहरूको अनुभवलाई अझ स्मरणीय बनाएको थियो । भेस्पा र अप्रिलिया स्कूटरका उत्कृष्ट प्रविधि, स्टाइलिश डिजाईन, र उच्च विश्वसनीयताले देशभरका ग्राहकहरूको मन जित्न निरन्तर सफल भइरहेको छ ।

lcci
You might also like

Comments are closed.