काठमाडौं । नेपाली बजारमा जिप मेरिडियन कार नेपालमा भित्रिएको छ । अमेरिकन अटो निर्माता जिपले भारतमा उत्पादन गरेको ७ सिटर एसयूभी मेरिडियन बुधबार नेपालमा आइपुगेको हो ।
जिप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । जसको अधिकतम पावर १७० पिएस र टर्क ३५० एनएम रहेको छ । यसमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । फोर ह्विल ड्राइभको यो एसयूभीलाई १९८ किलोमिटर प्रतिघण्टा सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स २०३ एमएम रहेको छ ।
यो नयाँ एसयूभीमा जिपले १०.१ इन्चको इन्फोटेन्मेन्ट, १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेडेट फ्रन्ट सिट, इलेक्ट्रिकल्ली एड्जस्टेवल सिट, डुअल प्यानल सनरुफ, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, डुअल जोन क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेल गेट लगायत फिचर उपलब्ध गराएको छ । कारको क्याविनलाई प्रिमियम वनाउन स्तरिय सामाग्रीको प्रयोग गरिएको छ ।
सेफ्टि फिचर अन्तर्गत यसमा ६ वटा एयरव्याग, एविएस, इलेक्ट्रोनिक पार्किङ ब्रेक (इपिवी), इलेक्ट्रोनीक स्टेबिलिटी कन्ट्रोल (इएससी) र टायर प्रेसर मनिटरिंग सिस्टम (टीपीएमए) लगायत फिचर दिइएको छ । यसको सिधा प्रतिस्पर्धा टोयोटा फर्चुनरसँग हुने देखिएको छ ।
नेपालका लागि आधिकारिक वितरक लाइफ अटोमोवाइल्स स्रोतले यो नयाँ प्रिमियम एसयूभीको बिक्री छिट्टै शुरु हुने जनाएको छ । मेरिडियनको केही युनिट शोरुममा आइपुगे पनि औपचारिक बिक्री शुरु हुन केही समय लाग्ने उक्त स्रोतले नेपाल अटोलाई वताएको छ ।
कम्पनीले यसको लिमिटेड (अप्सनल) भेरिएन्टमा मात्र उपलब्ध गराउने भन्दै यसअघि नै मूल्य सार्वजनिक गरिसकेको थियो । १ करोड ८० लाख ९६ हजार रुपैयाँ निर्धारण गरेर यसको बिक्री शुरु हुन लागेको हो ।नेपाल अटो
Comments are closed.