पोखरा । सुस्ताउँदो अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा यो क्षेत्रका अगुवाहरु सहमत भएका छ ।
उनीहरुले राजनीतिक परिवर्तनले मात्र आर्थिक समृद्धि सम्भव नहुने भएकाले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्न सरकारसँग आग्रह पनि गरेका छन् । पछिल्लो समय सरकारबाटै निजी क्षेत्रको मानमर्दन हुने खालका गतिविधि भएकोमा उनीहरुले चिन्ता पनि जाहेर गरेका छन् ।
पोखराको पर्यटन प्रवद्र्धन, निजी क्षेत्रको साझा एजेण्डा निर्माण तथा सहकार्यको उद्धेश्यसहित पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले चैत ८ देखि १४ गतेसम्म नेपालका विभिन्न उद्योग वाणिज्य संघहरुमै पुगेर गरेको अन्तक्र्रियाको क्रममा यस्तो निष्कर्ष निस्केको हो ।
भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड उद्योग वाणिज्य संघ, इलाम, पाँचथर, तेह्रथुम, महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण गरेको थियो ।
‘हामीले संघीय राजधानी काठमाडौंको भक्तपुरदेखि दोलखा, मधेश र र पूर्वी पहाडी जिल्लाका व्यवसायीहरुसँग छलफल ग¥यौँ, देशैभरका व्यवसायीहरु यतिबेला निराश रहेको पायौँ,’अध्यक्ष प्रजापतिले भने,‘ पोखराको प्रवद्र्धन र निजी क्षेत्रका साझा एजेण्डा तय गर्ने हेतुले भ्रमणमा निस्केका थियौँ, भ्रमणको क्रममा हाम्रै छाता संगठन (नेपाल उद्योग वाणिज्य महासंघ) का गतिविधिहरुको पनि समीक्षा गरियो ।’
पुराना सहरमा व्यापार नै सुस्त हुँदा व्यवसायीको पलायन दर बढेको एवं नयाँ नगरपालिकामा रहेका व्यवसायीहरुमा पनि कर लगायतका समस्याका कारण थप लगानी गरौँ भन्ने भावना जाग्न नसकेको अनुभव पनि अध्यक्ष प्रजापतिले सुनाए । उनका अनुसार देशभर सडक सञ्जाल बिस्तार हुँदा नयाँ सम्भावनाको ढोका भने खुलेको छ ।
‘पूर्वका गाउँ–गाउँमा मोटर बाटो पुगेको छ । त्यहाँ उत्पादित बस्तुहरु मुख्य सहरमा ल्याउन सकिने अवस्था छ तर गाउँमै पनि उत्पादन घटेको र भएका उत्पादनहरुको पनि बजारीकरणमा समस्या रहेको हामीले अनुभव ग¥याँै,’उनले भने,‘सरकारले निजी क्षेत्रसँग सहकार्यको हात बढायो भने गाउँमा उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने तथा आत्मनिर्भर अर्थतन्त्रको दिशामा अगाडि बढ्ने सम्भावना चाहिँ देखिएको छ ।’
उनले उद्योगी÷व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका कामप्रति सवैजसो क्षेत्रका व्यवसायीहरुले असन्तुष्टि जनाएको बताउँदै त्यो असन्तुष्टि सम्बोधनको लागि महासंघलाई घच्घच्याउने र त्यसको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले लिने पनि बताए ।
भ्रमण दलका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले भमणले पोखरा प्रवद्र्धनमा ठूलो भूमिका खेलेको र आउँदा दिनमा त्यसको प्रतिफल पाइने जिकिर गरे ।
‘हामीले पोखराको प्रवद्र्धनको लागि कुनै कसर बाँकी राखेका छैनौँ, उद्योगी–व्यवसायीहरुबीच नेटवर्क बिस्तार गर्दै सहकार्यको सहमति पनि बनेको छ,’ उनले भने, ‘तर, पोखरा आउने राजमार्गको दुरावस्थाप्रति साथीहरु चिन्ता जाहेर गरेका छन् । राजमार्गको स्तरोन्नति छिटो हुनुप¥यो, पोखराबाट देशका विभिन्न सहरमा हवाइ उडान सुनिश्चित गर्नुप¥यो ।’
उनका अनुसार पछिल्लो समय पालिकाहरुले निजी क्षेत्रसँग सहकार्य गर्न अनिच्छुक देखिएको र प्रोत्साहनको सट्टा कसरी बढी राजश्व सङ्कलन गर्ने भन्नेतर्फ लाग्दापनि व्यावसायिक वातावरण बन्न नसकेको निष्कर्ष पनि व्यवसायीहरुको रहेको छ ।
संघका उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसीका अनुसार अन्तक्र्रियाको क्रममा नेपालका सवैजसो जिल्लाका उद्योगी÷व्यवसायीहरुले बैंकको चर्को व्याजदर, उत्पादनमुलक क्षेत्रको लागि सहुलियतपूर्ण करको दर निर्धारण नगरिएको एवं लगानीको सुरक्षाको ग्यारेण्टीप्रति सरकार उदासिन रहेको गुनासो गरेका थिए ।
‘निजी क्षेत्रले निराशा व्यक्त गरेको छ तर हरेस खाएको छैन, तीन तहका सरकारले गतिलो नीति ल्याउने हो भने व्यवसायीहरुले थप लगानी गर्न तयार भएको हामीले पायौं,’ उनले भने,‘सहकार्यको लागि पनि यो भ्रमण फलदायी भएको भएको छ ।’
संघका महासचिव बलराम आचार्यका अनुसार भ्रमणको क्रममा हिजोका व्यवसायी तथा हालका जनप्रतिनिधि, महासंघका केन्द्रीय सदस्यहरुसँग पनि छलफल र अन्तक्र्रिया गरिएको थियो ।
महासचिव आचार्यका अनुसार अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा रहेको भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष तथा भ्रमण संयोजक गोकर्ण कार्की, उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्यहरु प्रभा सुवेदी सुदीप प्रधानाङ्ग, मनोज श्रेष्ठ, लीलधर चपाइँ र प्रदीप राजभण्डारी सहभागी थिए ।
महासचिव आचार्यले जिल्ला– नगर उद्योग वाणिज्य संघहरुले भोग्नु परेका तथा उद्यमशिलता र रोजगारी सिर्जनामा भएका नयाँ प्रयासहरुको जानकारी प्राप्तिले भ्रमण सफल भएको बताए ।
Comments are closed.