सुनको मूल्य प्रतितोला रु २२ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु २२ सयले घटेर रु एक लाख ३६ हजार ८ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु २२ सयले घटेर रु एक लाख ३६ हजार १५० कायम भएको छ ।

jutta mela

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु १७ सय कायम भएको छ । रासस

You might also like

Comments are closed.