काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन) को मूल्य आज प्रतितोला रु १७ सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ ।
लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु १७ सयले उकालो लागेर रु एक लाख ३९ हजार २ सय निर्धारण भएको छ ।
तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार ५५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार ७५० निर्धारण भएको महासङ्घले जनाएको छ । रासस
Comments are closed.