सुनको मूल्य तोलामा रु २ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु २ हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

jutta mela

यस्तै बुधबार रु एक लाख ३३ हजार ८५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार ८५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु एक हजार ६३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु २६ सय ४५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.