सुन तोलामा रु ८ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ८ सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार ६ सय निर्धारण भएको छ ।

jutta mela

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार ७५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार ९५० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बुधबार तोलामा रु १६ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु १६ सय ८५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.