टेलिकमको सञ्चालन आय घट्यो, कुल आय २.०६ प्रतिशतले बढी

काठमाडौं – नेपाल टेलिकमले आ.व. २०७९र८० को तेस्रो त्रैमासमा वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा आय कम भएको विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक को नौ महिनाको अवधि २०७८ चैत मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि २०७९ चैतमसान्तसम्ममा रु ८७ करोड २९ लाख ६४ हजार (अर्थात, ३.०९ प्रतिशत) ले कमी भई रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजार रहेको बताइएको छ ।

jutta mela

गत आ.व. को नौ महिनाको अवधिसम्मको कुल आय रु. ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्ममा कुल आय रु. ६७ करोड १८ लाख ३५ हजार (अर्थात् २.०६ प्रतिशत ) ले वृद्धि भई रु. ३३ अर्व २० करोड ८५ लाख ६५ हजार रहेको टेलिकमको भनाइ छ ।

टेलिकमका अनुसार गत आ.व. को नौ महिनाको अवधिसम्मको खुद मुनाफा रु ५ अर्व ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात, ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको छ ।

You might also like

Comments are closed.