पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

पोखरा । पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको ६० प्रतिशत स्टल बुकिङ भएको छ। युनाईटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ९ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवका लागि स्टल खुल्ला गरिएको दोस्रो दिनमा ६० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव स्टल ब्यवस्थापन उपसमिति संयोजक सिमा गुरुङले जानकारी दिइन् ।

महोत्सवमा २ सय ५९ वटा स्टल रहेको र त्यसको ६० प्रतिशत बुकिङ भइसकेको गुरुङले बताइन्। महोत्सवमा व्यावसायिक स्टल बाहेक ६ वटा स्टल पर्यटन प्रवर्द्धनका लागि निःशुल्क गरिएको छ ।

जहाँ ग्रामिण पर्यटन प्रवर्द्धन गर्नेगरी स्टल राख्न सकिनेछ। त्यसैगरी महोत्सवमा १२ वटा रेष्टुरेण्ट र अन्य व्यावसायिक स्टलहरु हस्तकला, अटो, कृषि उपज तथा उत्पादनलगायतका स्टलहरु रहने छन्।

jutta mela

स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेतीनदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा युनाइटेड क्लबले काम गर्दै आइरहेको छ ।

जसअनुसार युनाईटेड क्लबको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ।

हालसम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लबले ५८ लाख ८५ हजार रुपैयाँ प्रदान गरिसकेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.