‘पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारको साथ रहन्छ’ : खेलकुद मन्त्री गुरुङ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन गण्डकी प्रदेश सरकारको साथ रहने प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले बताएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा यूवा तथा खेलकुद मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सो अवसरमा मन्त्री गुरुङले पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा चिनाउन पोखरा म्याराथनको महत्वपूर्ण भूमिका रहेको बताउँदै भने–“प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन पूर्ण रुपमा सहयोग गर्न तयार छ ।”

मन्त्री गुरुङले अग्रज खेलाडीहरुले नेपालको खेलकुद विकासका लागि धेरै मेहनत गरेको स्मरण गर्दै भने–“यहाँहरु सवै अग्रज खेलाडीहरु हुनुहुन्छ, यहाँले आफ्नो समयमा देशका लागि धेरै पसिना बगाउनु भएको छ, यहाँहरु संग भएको ज्ञान, शिप र क्षमता प्रदेशको खेलकुद विकासको लागि समर्पित गर्न आग्रह गर्छु ।” प्रदेशको खेलकुद विकासका लागि अग्रज खेलाडीहरु सँग एक साथ अघि बढ्ने प्रतिवद्धता जनाउदै उनले पोखरा म्याराथनलाई सफल बनाउन आफू सँगै हातेमालो गर्न तयार रहेको बताए ।

jutta mela

सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले अग्रज खेलाडीहरुको संस्थाबाट सम्मानित हुन पाउँदा आफूलाई निकै गौरव लागेको धारण राख्दै उनले भने–“पोखरा म्याराथनले पोखराको पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनिय भूमिका खेलेको छ ।” खेलकुद जिवनको सफलताको आधार रहेको बताउँदै उपाध्यक्ष गुरुङले यसले समाजमा खेलकुद संस्कृतीको जर्गेना गर्न समेत भूमिका खेलेको बताउँदै आफ्नो तर्फबाट पोखरा म्याराथन सफल बनाउन भूमिका खेल्ने बताए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश खेलकुदका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले मञ्चले आफ्नो खेलकुद जिवनमा धेरै सिक्ने अवसर दिएको बताउँदै पोखरा म्याराथन १६ औं संस्करण सम्म सफलता पूर्वक आउनुको पछाडी पोखरेलीहरुको निश्वार्थ सहयोग रहेको बताए । उनले गण्डकी प्रदेशको राजधानी पोखरा सँगै प्रदेशका ११ वटै जिल्लामा दौड आयोजनाका लागि प्रदेश खेलकुद परिषदले आफ्ना कार्यक्रम तय गरिसकेको बताउँदै गण्डकी प्रदेशलाई दौडको प्रदेशको रुपमा परिचित गराउने तर्फ परिषद अघि बढेको बताए । उनले नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि प्रदेश खेलकुदले विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरिरहेको र त्यसको केही दिनमा नै घोषणा गर्ने उल्लेख गरे ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले प्रदेशका यूवा तथा खेलकुद मन्त्री गुरुङ र उपाध्यक्षलाई स्वागत तथा वधाई दिन पाउँदा निकै खुसी लागेको बताउँदै १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी बारे जानकारी गराएका थिए । कार्यक्रममा मञ्चका द्वितिय उपाध्यक्ष खेम गुरुङ, महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा प्रदेश खेलकुदका सदस्य योगेन्द्र गुरुङ, मञ्चका सल्लाहाकार समितीका संयोजक मेजर दिल बहादुर गुरुङ, मञ्चका सल्लाहाकारहरु, १६ औं सस्करण पोखरा म्याराथन आयोजक समितीका संयोजक तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.