हार्नेस जिपलाइन र प्रभु बैंक लिमिटेडबीच छुट सम्झौता

पर्वत । कुश्मामा अवस्थित हार्नेस जिपलाइन र प्रभु बैंक लिमिटेडबीच छुट सम्झौतामा हस्ताक्षर भएको छ । जिपलाइनको सेवामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।

हार्नेसका प्रबन्ध निर्देशक शुनिल थापा र प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख अधिकृत राजु राना मगरले छुट सम्बन्धी समझदारी पत्रमा एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड, क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युत्तीय माध्यमबाट बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका सेवामा छुट पाउनेछन् । जिपलाइन, जाइन्ट स्विङ, कालीगण्डकीमा ¥याफ्टिङ लगायतका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त हुने बताइएको छ ।

छुट सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकका गण्डकी प्रदेशका प्रमुख अधिकृत राजु राना मगरले विश्वास व्यक्त गरे । ‘ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै हामीले छुट सम्झौताहरु गरिरहेका छौं,’ उनले भने ।

बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।

 

You might also like

Comments are closed.