‘सक्रिय लिडरसिपबाट मात्र संस्थाको सही व्यवस्थापन हुनसक्छ’

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले संगठनको पाचौं अधिवेशन वैशाख ३० गते बौद्ध काठमाडौंमा गर्दैछ । काठमाण्डौं उपत्यकाभित्र रहेका निजी तथा संस्थागत विद्यालयलाई संगठित गरी आफ्नो हकहित र व्यावसायिक सुरक्षा, शैक्षिक स्तर वृद्घि गर्नका लागि अतिरक्त क्रियाकलाप, खेलकुद, गोष्ठी, तालिम र विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्न आवश्यक सहयोग पु¥याउने र विशेषगरी शैक्षिक संस्थासँग हरेक कार्यमा परस्पर समन्वय गरी सो कार्यमा सहयोग गर्न सक्रिय संगठन यो संगठनमा ५० ओटा विद्यालय सदस्य रहेका छन् । संस्थाले सञ्चालन गर्दै आएका गतिविधि, त्यसको प्रभावकारीता लगायत सन्दर्भमा रहेर संस्थाका महासचिव राजन श्रेष्ठसँग आर्थिक आवाजकर्मी दीपा रेग्मीले गरेको कुराकानी :

प्याब्सकले कुन कुन क्षेत्रमा काम गर्दै आएको छ ?

प्याब्सक २०६१ सालमा स्थापना भएर अहिले अनवरत रूपमा अगाडि बढिरहेको संस्था हो । खासगरी शिक्षा नीतिका क्षेत्रमा प्याब्सन, एनप्याब्सनले काम गरिरहेका हुन्छन् । हामीले विद्यालयस्तरका विशेष गरी विद्यार्थीको पढाई, शिक्षक, सञ्चालक, प्रिन्सिपलको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्दै आएका छौं । प्याब्सकको आफ्नै क्षमता विकास, भौतिक संरचनाको विकास, समन्वय तथा सहजीकरणको विस्तार, संस्थागत सहभागिता तथा पहिचानको विकास, सदस्यता विस्तार लगायतको क्षेत्रमा पनि काम हुन्छन् ।

jutta mela

संगठनको वृद्धि विकास तथा ब्राण्डिङको लागि काम भइरहेको को छ । यसका संस्थापकहरू, पूर्व सल्लाहाकारहरू, अग्रजहरूका सुझाव तथा सल्लाहलाई लिएर संस्थलाई कसरी अगाडि बढाउने र सक्रिय कसरी बनाउने भन्ने कुरामा ध्यान दिएर काम गरिरहेका छौं । म महासचिवको रूपमा पनि यस विषयलाई प्राथमिकता दिएर काम गरिरहेको छु ।

संस्थागत विकासको कुरा गर्नुभयो, यसमा संस्थाले कुन कुन कुरामा प्राथमिकता दिएको छ ?

हाम्रो संस्था सानो छ, सानो संस्थामा व्यक्तिगत स्वार्थभन्दा पनि सामुहिक स्वार्थ र संस्थाको श्री वृद्धिका कुरामा काम गर्न हामी प्रतिबद्ध छौं । अहिलेको अवस्थामा संस्थमा नियमित गतिविधिलाई अगाडि बढाएर थप सृजनशिल क्रियाकलापमार्फत संस्थाको उचाई बढाउने काम नै अहिलेको प्राथमिकताका विषय हुन् । संस्थालाई कसरी सक्रिय र व्यवस्थित बनाउने भन्ने कुरामा सबै सदस्य विद्यालयको चिन्ता भएको मैले पाएको छु । यसको लागि व्यवस्थित र सक्रिय कार्य समिति बन्ने र बनाउने कुरामा हामी सहमत छौं । सक्रिय लिडरसिपबाट मात्र संस्थाको सही व्यवस्थापन हुनसक्छ ।

संस्थाले गर्दै आएका गतिविधिको प्रभावकारितालाई कसरी हेर्नुभएको छ ?

२०६१ सालमा स्थापना भएर हामी विद्यार्थी तथा शिक्षक लक्षित कार्यक्रम गर्दै आएका छौं । सञ्चालक तथा शिक्षकलाई ‘रिफ्रेसमेन्ट’ तथा एकेडेमिक ट्रेनिङ नियमित रूपमा गर्दै आएका छौं । यी गतिविधि हरेक वर्ष दुई ओटा नभए कम्तीमा एउटा गतिविधि हुँदै आएको छ । गुरु पूर्णिमामा हाम्रा सदस्य विद्यालयका शिक्षकको उपस्थितिमा हामीले सामूहिक जमघट गरेर विविध कार्यक्रम गर्दै आएका छौं । गुरु पूर्णिमामा हामीले सदस्य विद्यालयको सिफारिसमा अति उत्कृष्ट शिक्षकको रुपमा सम्मान गर्दै पनि आएका छौं । यो सन्दर्भमा विभिन्न सहजिकरण तथा उत्प्रेरणाका कार्यक्रम पनि गर्ने गरिएको छ ।

संस्थाले सदस्य विद्यालयको सहभागितामा अतिरिक्त क्रियाकलाप अन्तगर्तका कार्यक्रम पनि गर्दै आएका छौं । विद्यार्थीको सहभागितामा राष्ट्रियस्तरको गायन प्रतियोगिता गर्दै आएका छौं । त्यसको अहिले आठौं संस्करण पुगिसकेको छ । कक्षा १० सम्मको सहभागितामा फुटसल प्रतियोगिता पनि गर्दै आएका छौं । निबन्ध लेखन, वक्तृत्वकला कार्यक्रम, स्पेलिङ कन्टेस्ट लगायत कार्यक्रम गर्छौं । यी क्रियाकलापमा सदस्य विद्यालय र सबै विद्यार्थीको सहभागिता हुने हुनाले प्रभावकारीता बढीनै छ भन्ने लाग्छ ।

यिनै गतिविधिको निरन्तरता प्रयाप्त होला कि थप क्रियाकलाप पनि अगाडि बढाउनु पर्ला ?

शिव खेडाको चर्चित भनाइ छ, ‘सफल व्यक्तिले कुनै पनि फरक काम गर्दैनन्, त्यही काम फरक ढंगले गर्छन्’, हामीले हिजो देखि गर्दै आएका गतिविधिलाई नियमत गर्ने, आवश्यक सुझाव तथा सल्लाहको आधारमा सुधार गर्ने, गरिरहेका कामलाई अझै राम्रो बनाएर कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल गर्ने गर्नुपर्छ ।

अहिले विश्वविद्यालय लक्षित गतिविधि कम भइरहेको छ । प्रिन्सिपल र सञ्चालकको संस्था भएपनि त्यति चलायमान हुन सकिरहेको छैन । अहिले १० कक्षाका विद्यार्थीलाई ‘बुस्ट अप एक्जाम’ पनि लिँदै आएका छौं । विद्यालयमा भएकै जनशक्तिलाई थप सक्रिय बनाएर ‘मोर एकेडेमिक’ ‘मोर स्कीलफूल’ र ‘मोर ट्रेन’ बनाउने भन्ने कुरामा सोंच्नुपर्छ ।

संगठनलाई आर्थिक रूपमा अझै बलियो बनाएर अगाडि बढ्नुपर्नेछ । कार्यालय सञ्चालनमा ल्याउन सकिरहेका छैनौं । हामीले सोंच्दै आएको तर गर्न नसकिरहेको ‘कल्चरल एक्स्चेन्ज’ कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन सकिएको छैन । यसमा विद्यार्थी तथा शिक्षक,सञ्चालकलाई विश्वविद्यालय तथा अन्य विद्यालयमा लैजाने र बाहिरबाट हाम्रा विद्यालयमा ल्याउने गरी सिकाई र अनुभव साट्ने कार्यक्रम गर्नुपर्छ भन्ने हाम्रो योजना छ । नयाँ धेरै गर्नुभन्दा पनि गरिरहेका गतिविधिलाई थप व्यवस्थित रुपमा गर्नुपर्ने देखिन्छ ।

‘प्याब्सक’ ले शैक्षिक क्षेत्र सुधारको लागि आवश्यक पर्ने नीतिगत कुरामा सुझाव पनि दिनसक्छ ?

नेपालको शिक्षा नीति तथा शिक्षा सुधारको लागि प्रयाप्त अभ्यास भएको दखिँदैन । पोलिसी लेवलमा बस्ने व्यक्तिले तत्लो तहसम्म पुगेर अनुसन्धान गरेर काम नगरेर कुनै स्वार्थ समूहको सुझाव र प्रभावमा रहेर काम गर्दै आएको पाइन्छ । माथि विभिन्न समिति बन्ने, त्यसले कुनै पनि अनुसन्धान नै नगरेर निर्णय गर्ने, निजी विद्यालयको योगदानको कुनै मुल्यांकन नै नगरेर निजी विद्यालयलाई सकाउनको लागि काम गर्ने प्रवृत्ति छ । यस्ता प्रवृतिलाई निरुत्साहित गर्न हामी एनप्याब्सनको कलस्टर भएको हिसाबले हाम्रो जस्तो झण्डै दुई दशक लामो इतिहासको गरिमा बोकेको संस्थासँग राष्ट्रिय तथा स्थानीय रूपमा छलफल गरेर कस्तो नीति बनाउने, त्यसलाई कसरी कार्यान्वयन गर्ने, तल्लो तहदेखि नै माथि उठाएर काम गर्ने, नीतिगत रूपमा सबै सरोकारवालासँग छलफल गरे सुधारको लागि सहयोग पुग्छ ।

You might also like

Comments are closed.