पोखरा रोयल सहकारीद्वारा साईवर सेक्युरिटी र पर्सनल म्यानेजमेन्ट तालिम प्रदान

पोखरा । पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीलाई साईवर सेक्युरिटी र पर्सनल म्यानेजमेन्ट सम्बन्धि तालिम प्रदान गरेको छ । शनिबार संचालन गरिएको तालिममा सहकारीका सम्पुर्ण कर्मचारीको उपस्थिती थियो ।

संस्थाका आईटी कर्मचारी अबिनाश पौडेलले साईवर सेक्युरिटी सम्वन्धि र भण्डारढिक सेवाकेन्द्र प्रमुख विजया श्रेष्ठले पर्सनल म्यानेजमेन्ट सम्वन्धि तालिम प्रदान गरेका थिए ।

सेवा प्रदान गर्दा मुस्कान सहितकाे सेवा दिने र असम्भव लाइ अ सम्भव छ बनाउने गरी काम गर्नु पर्ने ब्यक्तित्व बिकास तालिममा बताइएकाे थियाे ।
त्यसै गरी Cyber Security सम्वन्धि इन्टरनेट संग जाेडिने डिजिटल उपकरणहरु, बिभिन्न इमेल खाता तथा सामाजिक सञ्जाल, डिजिटल जानकारीहरुकाे प्रयाेग हुन सक्ने सम्भाबित समस्या एवं खतराहरु जस्तै। Malware, Virus, Ransomware, Phishing, Baiting, Social engineering attacks,  र यिनवाट जाेगिनकाे लागी गर्नु पर्ने आवस्यक सुरक्षाका उपायहरुकाे बारेमा साईवर सेक्युरिटी सम्वन्धि तालिम दिइएको  सहकारीका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए  ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिममा सिकेका कुराह ब्यवहारमा लागु हुने र कर्मचारीको थप व्यक्तित्व बिकास हुने गुरुङले बताए । मुख्य प्रवन्धक मीलन ढकालले स्वागत गरेका थिए भने तालिमको संचालन ऋण प्रवन्धक परमेश्वर दाहालले गरेका थिए ।

You might also like

Comments are closed.