समृद्धि फाइनान्समा RTGS सुबिधा

काठमाडौं ।

समृद्धि फाइनान्सले  बुधबारदेखि Real Time Gross Settlement (RTGS) प्रणालीमा  Direct Participant को रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा RTGS सेवा संचालमा आएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

jutta mela

फाइनान्सले मुद्धित निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

You might also like

Comments are closed.