सिद्धार्थ बैंकको ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो डिजिटल सेवालाई थप आधुनिक र सहज बनाउन फोनपे सँगको सहकार्यमा पूर्णतया डिजिटल ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

जसको घोषणा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणअन्तर्गत आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो ।  अब ग्राहकहरूले भौतिक कार्ड बिना नै १८ लाखभन्दा बढी PhonePe नेटवर्कका व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।

मोबाइल बैंकिङ एपमार्फत तुरुन्त आवेदन, कार्ड प्राप्ति तथा सक्रियता, लिमिट व्यवस्थापन, कार्ड लक/अनलक, स्टेटमेन्ट हेर्नेसहित सबै सुविधाहरू एकैस्थानबाट प्रयोग गर्न सकिनेछ ।

विशेष लन्च अफरअन्तर्गत ग्राहकहरूले ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म यस भर्चुअल कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० % क्यासब्याक पाउनेछन्, अधिकतम रु. ७५० सम्म, जसले सदस्यता शुल्कसमेत समायोजन गर्नेछ ।

थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालन हुने ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा ०१–५९७००२० नम्बर वा निर्दिष्ट इमेलमार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

You might also like

Comments are closed.

Secret Link