यस्तो हुनेछ काठमाडौं म्यारियट होटलको नयाँ पूर्वी मेडीटेरियन रेस्टुरेन्ट: ताहिना टेरेस

काठमाडौं । हिमालको अनि काठमाडौं शहरको ३६० दृश्यको आनन्द लिँदै, विदेशी फियुजन ककटेल (स्थानीय रुपमा उपलब्ध मसलाको जीन ककटेलहरु) पिउँदै पहाडहरुको बीचमा लौन्जिङ गर्ने कल्पना गर्नुहोस् जहाँ तपाईँको साथीले चिसो बियरको गिलास रोज्नुहुन्छ । सबै तनाबहरुलाई पछाडि छाड्दै तपाईँको कार्य भनेकै साँझको लागि भर्खरको बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खानु हो । यदि आफ्नो समयको लागि ठाउँ खोज्दै हुनुहुन्छ भने यो तपाईँको एउटा उत्तम स्थल हो ।

तपाईँले यो पनि विश्वास गर्न थाल्नु हुनेछ कि तपाईँ कतै मेडिटेरियन क्षेत्रमा त हुनु हुन्न भनेर तर जब तपाईँ वास्तविकतामा फर्कनु हुनेछ तपाईँले काठमाडौँ शहरको पूर्ण सौन्दर्यता महसुस गर्नु हुनेछ । तपाईँले काठमाडौं म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस बाट पहाडको सूर्यास्त देख्नुहुनेछ ।

यसको फ्यासनेबल सेटिंग्स लाईब्ली ईनर्जीको साथ चर्चा गर्दै ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ । यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् ।

ताहिना टेरेस सार्वजनिक रुपमा अप्रिल १३ देखि खुल्ने छ र यसको खुल्ने समय साँझ ४ बजे देखि रातीको १० बजे सम्म हुनेछ ।

You might also like

Comments are closed.