गाडी नचले पछि ट्याक्सीमाण्डुले निशुल्क बोके यात्री

काठमाडौं – यातायात मजदुरले विभिन्न माग राख्दै सार्वजनिक सवारी बन्द गरेपछि राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निशुल्क सेवा सञ्चालनमा ल्याएको छ ।

jutta mela

यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भएपनि अत्यावश्यक सेवाको रुपमा रहेको यातायात बन्द गरिदाँ सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निशुल्क सेवा सुचारु गरिएको ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए ।

निशुल्क सेवा प्रयोग गर्न नेपाल राइड प्रोमो कोड प्रयोग गर्नु पर्ने पनि केसीले जानकारी दिए । ट्याक्सीमाण्डु सम्पुर्णरुपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निशूल्क गरिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.