टिभिएस अपाचे आरआर ३१० बाइक बिजेता तिवारीलाई चावी हस्तान्तरण

पोखरा । टिभिएस स्कुटर खरिद गरेका पोखरा सिद्धार्थचोकका नारायणहरि तिवारीले ७ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको टिभिएस अपाचे आरआर ३१० बाइक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सांसद दीपक कोइरालाले उनलाई बाइकको चावी हस्तान्तण गरेका हुन् ।

‘टिभिएस दसैंको आशा’ योजनाअन्तर्गत उनी छैटौं साताको भाग्यशाली बिजेता बनेका हुन् । टिभिएसको आधिकारिक बिक्रेता बतास व्रदर्शमा उनले दसैं अगाडि स्कुटर खरिद गरेको बतास ब्रदर्शका टिभिएस युनिटका बिक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

टिभिएस स्कुटर खरिद गर्दा लक्की ड्रका आधारमा टिभिएस अपाचे आरआर ३१० बाइक उपहार जित्ने अवसर पाउँदा निकै खुसी लागेको तिवारीले प्रतिक्रिया दिए । यस अगाडि देशका विभिन्न ठाउँबाट भाग्यमानी ५ जनाले यो बाइक उपहार जितिसकेका छन् ।

jutta mela

टिभिएस मोटरसाइकल खरिद गरेपनि नगरे पनि कम्पनीको वेवसाइटमा गएर फर्म भर्नेहरु मध्येबाट कम्पनीले भाग्यमानी बिजेता घोषणा गरेको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.