काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले विभिन्नखालका स्मार्ट टि भी नेपाली बजारमा भित्र्याएको छ । यससँग ब्रान्डले सामान र इकोसिस्टममा अझ सामानहरु ल्याउने योजना बनाएको छ ।
मी टिभी ४ एक्स ६५ इन्च २०२१ को मूल्य १ लाख १९ हजार ९ सय ९९ रहेको छ । मी टिभी ४ ए ४३ इन्च हराइजनको मूल्य ४६ हजार ९ सय ९९ रुपैयाँ छ । मी टिभी ४ ए ४० इन्च हराइजन सस्करण उपलब्ध हुनेछ जसको मूल्य ३७ हजार ९ सय ९९ रुपैयाँ रहेको शाओमी ग्लोबल टेक्नोलोजीले जनाएको छ । मी एलइडी टिभी ४ ए ३२को मूल्य ३४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । टि भी सँगै स्पिकर पनि उपलब्ध हुनेछन् । मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६डब्लु) उपलब्ध हुनेछ रु २ हजार ३ सय ९९ रहेको छ । मी बियर्ड ट्रिमर १सि उपलब्धको मूल्य १ हजार ७ सय ९९ रहेको छ ।
आफ्नो स्मार्ट टिभीहरुको पार्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टिभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ । यस मोडलमा ६५ इन्च द्धप् डिस्प्ले एच्.डी.आर छ र यो टिभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यु.आइ को साथ उपलब्ध छ ।
शाओमी मी टिभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट द्वारा सञ्चालित छ र यसमा माली जी.पी.यू, २ जी.बी र्याम र १ जी.बी इन्टरनल स्टोरेज साथमा छ ।
नामले भने गरे बमोजिम शाओमी मी ४ ए ४३ इन्च होराइजन एडिसन म्ीटि.भी ४ ए को एक संस्करण हो जसलाई शाओमीले “होराइजन डिस्प्ले”को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु छन् ।
मी टिभी ४ ए ४० टिभीलाई वास्तवमै स्मार्ट बनाउने भनेको यसमा थप गरिएको एन्ड्रोइड टिभी र गुगल एसिस्ट्यान्ट हो जसले कन्टेन्ट प्ले गर्न अनुमीत दिन्छ, उत्तरहरु फेला पार्न मदत गर्छ र अन्य विभिन्न कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ । साथै डेटा सेभर मोड जसले तपाईँलाई ३ गुना बढी भिडियो कन्टेन्टहरु स्ट्रिम गर्न अनुमीत दिन्छ, तपाईँको फोनबाट टिभीमा मिीडया हेर्न सहयोग पु¥याउँछ र तपाईँलाई सामग्री सजिलैसँग स्ट्रिम गर्न मदत पु¥याउँछ ।
मी एलइडी टिभी ४ ए ३२ले तपाईँको घरमा पूर्ण सिनेम्यटिक अनुभव प्रदान गर्दछ । यसमा फिचर्ड पूर्ण एचडी एलइडी डिस्प्लेले स्पष्टता र रंग प्रदान गर्दछ, चमक बढाउँछ र रँगहरुको समृद्धि श्रेणी प्रदान गर्दछ। एन्ड्रोइड टिभी प्याच वाल एकृकीत भएको हुँदा बिंगी वाचर्सले मनोरञ्जन लिन पाउँछन् । शाओमीले नेपालमा आफ्नो इको सिस्टममा थप २ उत्पादनहरु थपेको छ । कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) र म्ीबियर्ड ट्रिमर स्वदेशमा ल्याएको छ ।
नामले जनाएझैँ मी पोर्टेबल ब्लुटुथ स्पिकर एक १६वाट स्पिकर हो जुन दुईटा ८ वाट पूर्ण रेन्ज ड्राइभरमा विभाजित छ । स्पिकरमा एन्टी–स्लिप प्याडिंगका साथ मेश–लाइक जस्तो डिजाइन छ जुन सतहमा राख्दा दुर्घटनाग्रस्तबाट बच्नको लागि बनाइएको हो ।
मी बियर्ड ट्रिमर १सि पहिले लन्च गरिएको मोडेल भन्दा हल्का र पातलो छ। यस उपकरणमा सुधार गरिएको डिजाइनले दाह्रीको आकार दिँदा उत्तम ग्रिप र नियन्त्रण प्रदान गर्दछ ।
यस बाहेक मी. बियर्ड ट्रिमर १सि चार्जको लागि माइव्रmो–यूएसबी पोर्टको साथ आउँछ । यस उपकरणमा एलईडी इन्डीकेटर छ जसले तपाईँलाई हरेक पटक यसको स्विच अन गर्दा यसको ब्याट्री स्टेटस बारे सचेत गराउँछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आकर्षक टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियो श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं । हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं ।”




Comments are closed.