बहुप्रतिक्षित ‘येज्दी मोटरसाइकल’ अब नेपालमा

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रा.लि.ले आइतवार येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ ।

मोटरसाइकल चालकहहरूको भावनालाई कदर गर्दैै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

येज्दी मोटरसाइकल रोडस्टर, स्व्रmयाम्बलर र एडभेन्चर गरी तीन मोडलमा रहेको र प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पूरा गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ । सबै मोडलहरू शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कूल्ड, डीओएचसी इन्जिनले सुसज्जित रहेको बताइएको छ । यस उन्नत सुविधाहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने मोटरसाइकलको मूल्य ९.१६ लाखदेखि ९.९८ लाख सम्म पर्ने बताइएको छ ।

jutta mela

येज्दी ब्रान्डको समृद्ध इतिहासलाई सम्मान गर्दे क्लासिक डिजाइनको साथ अत्याधुनिक प्रविधि र आधुनिक सुविधाहरूको संयोजन गर्दै सटिकता र विवरणहरूमा ध्यान दिएर डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

‘हामी प्रिमियम मोटरसाइकलको नवीनतम रेन्ज लन्च गर्न पाउँदा हर्षित छौं, जसले हाम्रो ब्रान्डको लोकाचार र विश्वस्तरीय उत्पादनहरू नेपाली दर्शकमाझ पुर्याउने र हाम्रो उपभोक्ताहरूको अपेक्षाहरू पूरा गर्ने र उद्योगको मापदण्डहरू परिपुर्ति गर्ने कुरामा हामी विश्वस्त छौं,’ उद्घाटन अवसरमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले भने ।

You might also like

Comments are closed.