कोरोना भाइरसः भ्रम र यथार्थ (विश्लेषण)

कोरोना संक्रमणको प्रारम्भिक लक्षण र एक मौसमी फ्लूको लक्षण एक समान छन् । दुवै श्वास प्रश्वासका रोग हुन् । जसरी सामान्य रुघाखोकीमा नाकबाट पानी बग्नु, ज्वरो आउनु, खोकी लाग्नु, शरीर दुख्नु, कमजोरी महसुस हुनु हुन् भने यही लक्षण कोरोनाका पनि हुन् ।

कोरोना पुष्टिका लागि प्रथमतः ज्वरो नाप्ने प्रक्रिया :

फागुन तेस्रो साता म झापामा रहँदा राष्ट्रिय पत्रिकाहरुमा सयौं वर्ष पुराना कुनै भाइरसका कारण लाखौं मानिसले ज्यान गुमाउनु परेका खबर भकाभक आउदै गरेका थिए । साथमा चाइनाको बुहानबाट सुरु भएको भन्दै कोरोनाका डरलाग्दा खबरहरु समेत पढेको थिएँ । यो कोरोनाका कारण संसार भरका मानिस भयानक ठूलो मात्रामा रोगका कारण मर्ने वाला छन् जस्तो सनसनी पूर्ण वातावरणको आँकलन गरिदै थियो । फर्किदा भद्रपुर विमानस्थलमा यात्रुहरुलाई इण्फ्रारेड थर्मोमिटरबाट ज्वरो नापिँदै थियो र मेरो पनि नापियो । साँच्चै भन्नु पर्दा मैले पहिलो पटक इण्फ्रारेड थर्मोमिटरबाट मेरो ज्वरो नापिँदै गरेको देखेको थिएँ । यस भन्दा पहिला मैले फ्याक्ट्रीहरुमा त्यहाँका मेसिनको तापक्रम नाप्नका लागि प्रयोग भएको देखेको थिएँ । म त्यतिबेला अचम्भित भएँ जब त्यहाँका टेक्निसियनले मेरो तापक्रम चाहिने भन्दा कम छ भने । मैले त्यहाँ कुनै बहस गर्न उपयुक्त ठानिन र खुरुक्क बिमान चढें ।

jutta mela

मलाई यस विषयमा चासो लागेकाले अध्ययन गर्न मन लाग्यो । थर्मल इण्फ्रारेड थर्मोमिटर २ प्रकारका हँुदा रहेछन् । एक इण्डस्ट्रियल अर्को मानिसलाई नछोइकिन तापक्रम जाँच्न सकिने । इण्डस्ट्रियल इण्फ्रारेड थर्मामिटरले ३२ देखि ४२.९ डिग्री से. को तापक्रम २ देखि ५ सेमी टाढाबाट नाप्दा प्लस माइनस ०.२ डिग्री से. को त्रुटी अन्तरमा तापक्रम दिदो रहेछ भने यस भन्दा धेरै दूरीबाट नाप्दा तापक्रम पक्का पनि घटी नै देखाउछ र मलाई पनि सायद यहि इण्डस्ट्रियल इण्फ्रारेड थर्मामिटरले नापियो होला । मेरो अनुमान । अर्को मानिसको तापक्रम नाप्न प्रयोग हुने इण्फ्रारेड थर्मामिटरले १२ से.मी.सम्मको दूरीबाट नाप्दा प्लस माइनस ०.२ डिग्री से. अथवा प्लस माइनस ०.२ डिग्री से. ४ डिग्री फरेनहाइटको त्रुटीमा तापक्रम देखाउदो रहेछ । यहि रहेछ थर्मल थर्मामिटरको सत्यता । अहिले हाम्रा स्वास्थ्यकर्मीहरुले कुन थर्मोमिटर कति दूरीबाट कसरी तापक्रम नाप्नुभएकोछ हेर्न बाँकी छ ।

 

कोरोना भाइरस पुष्टि rtPCR बाट कसरी ?

कोरोना भइरस जाँच्न मात्र rtPC ( Reverse transcription polymerase chain reaction)  टेष्ट किट हो । जसबाट यो पत्ता लगाउने दाबी गरिन्छ कि कोही कोरोना संक्रमित छ वा छैन । हामीले साधारण सामान किन्दा समेत त्यसको युजर म्यानुअल पाउछौं । यस किटको पनि युजर मेन्यूअल छ र त्यसमा प्रष्ट लेखेको हुन्छ कि यो सामान केवल अनुसन्धान प्रयोगका लागि हो न कि रोग जाँच प्रयोगका लागि । Regulatory status: For research use only, not for use in diagnostic procedures. ( https://www.creative-diagnostics.com/sars-cov-2-coronavirus-multiplex-rt-qpcr-kit-277854-457.htm ) मा हेर्न सकिन्छ । यस किटका आविस्कारक कैरी मुलिस जसले यस संसाधनका लागि नोवल पुरस्कार समेत पाएका थिए । यसकै बनावट त्रुटीका कारणले गलत रिपोर्ट देखिन्छ, यसको उत्कृष्टता जम्मा ९९ प्रतिशत मात्र छ उनले भनेका छन् । अर्थात १००० जना स्वस्थ मानिसमा परीक्षण गर्ने हो भने कोही १० या १२ जनामा यसको त्रुटीका कारण कोरोना संक्रमित (गलत पोजिटिभ) देखाउँछ । यसको प्रमाण गत मार्च २०२० मा पूर्णरुपमा सहि काम गरिरहेको किट प्रयोग गरी आइसल्याण्डमा १८०० स्वस्थ मानिसमा परीक्षण गर्दा १९ जनामा कोरोनाको संक्रमण देखियो जून मेसिनरी त्रुटी अन्तर्गतको परिणाम थियो ।

ह्वाइटहाउसका कोरोना समन्वयक डा. ब्रिक्सलाई सुन्ने हो भने यस किटको विस्वसनीयता केवल ५० प्रतिशत मात्र छ भनेका छन् । यसको अर्थ हरेक दोस्रो परिणाम गलत हुन सक्छ । यसकारण फिनलैंडको स्वास्थ्य मन्त्रालयले यस किटलाई अमान्य भन्दै अस्वीकार गरेको छ । अमेरकिन जर्नल अफ मेडिकल एसोसिएसन को फेब्रुअरि २०२० का अनुसार बुहानका ४ रोगीहरुलाई यस किटद्वारा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिए पछि उनीहरुलाई बिदा दिइएको थियो तर त्यसको १३ दिनपछि त्यसै किटले तिनै मानिसमा जाँच्दा कोरोना संक्रमित देखिएको थियो । यसको यो अर्थ हुन्छ कि, उनीहरु पहिलेबाटै कोरोना नेगेटिभ थिएनन् उनीहरुमा कोरोना भाइरस थियो । अर्को उनीहरु संक्रमित थिए संचो भइ घर जाँदा पुनः संक्रमित भए । वा उनीहरु कोरोना मुक्त थिए किट गलत थियो । वा कसै संग कुनै निर्णायक उत्तर छैन । ४ मार्चको The Lancet निकै महत्वपूण पत्रिकामा छापियो कि, एक मानिसलाई अत्यधिक ज्वरो आयो । उनलाई डेंगु परीक्षणमा संक्रमण देखियो । फेरी कोरोना परीक्षणमा पनि संक्रमण देखियो । प्रश्न यो छ कि, त्यसलाई कोरोना मान्ने वा डेंगु ? निर्णायक उत्तर छैन । ५ मार्च न्यु इंल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार, अमेरिकाको पहिलो कोरोना संकास्पद मानिसको नाकको नमुनामा कोरोना संक्रमित देखियो त्यसैको मुखको नमुनामा नेगेटिभ देखियो ।

नेपालमा पनि पोखराको एक केसमा यस्तै परिणाम देखिएको थियो । अब निर्णय तपाईंको हातमा छ । यस rtPCR टेस्टको परीक्षण विश्वसनियता कति स्वीकार्ने कति नस्वीकार्ने तपाईंको हातमा छ । मेरो मत यस परिणामलाई स्वीकार्नेमा शुन्य छ । कुरा यतिसम्म भएको छ कि, Cochrane Collaboration का संस्थापक पिटर गोट्जले ६ मार्चको ब्रिटिस मेडिकल जर्नलमा प्रस्ट भनेका छन् की यस स्थितिबाट बाहिर आउन यो पर्यावरणीय परीक्षण किटलाई नै हटाउनु पर्छ । अर्थात व्याण्ड गर्नुपर्छ । यहि टेस्टिङ किट नै सबै समस्याको मूल जरो हो । यो त यस्तै भयो कि सानोमा हामी चोर पुलिस खेल्दा कागजको टुक्रामा चोर, पुलिस, मन्त्री, राजा लेखिन्थ्यो अनि जसलाई चोर पर्छ त्यहि त्यस खेलको चोर हुन्थ्यो । यसरी हामी बडो सजिलो तरिकाले चोर पत्ता लगाउथ्यौं । तपाईंले भन्नुहोला विज्ञानको के मजाक उडाएको यो लेखकले ? विज्ञानको अर्थ के हो ? आविस्कारकको या निर्माताको युजर म्यानुअल मान्ने वा सबै मेडिकल जर्नल मान्ने वा आफ्नै तरिका अपनाउने ? विज्ञानले भन्छ यो किटप्रति कुनै पनि तार्किक उत्तर छैन । यो अवैध हो र यसको मनिसमा प्रयोग अवैधानिक हो । यसको लवी केवल एउटै संस्थाले गरेको छ र त्यो हो डव्लु.एच.ओ. । जब कि डव्लु. एच. ओ.लाई २०१० मा एच१एन१ भाइरस काण्डमा PACE Parliamentary Assembly Council of Europe ले डाँकाको संज्ञा दिएको थियो । http://www.natap.org/2010/newsUpdates/081210_03.htm मा हेर्न सकिन्छ ।

 

यतिका मानिसको मृत्यु किन त ?

सबैभन्दा पहिला कोरोना देखिँदा अमेरिकाको सिडिसी सेण्ट्रल डिजिज कण्ट्रोलले, अबको केहि महिनामा अमेरिकामा २ लाखदेखि १७ लाख मानिस यस कोरोनाका कारण मर्ने आंकलन गरेको थियो भने युकेका १६ वैज्ञानिक सामेल भएको संस्थाले त्यहाँ ५ लाख मानिस मर्ने तथा अमेरिकामा २२ लाख मानिस मर्ने भन्ने अनुमानित रिपोर्ट दिएको थियो । मार्च २६ मा न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनले यसको प्रभाव अति न्यून रहेको बताएको छ जसलाई यो लिंकमा हेर्न सकिन्छ । उक्त रिपोर्टमा कोरोनाको सर्नेदर २.१ र मृत्यूदर ०.१ प्रतिशत मात्र रहेको जनाएको छ । जून सामान्य सिजनल फ्लू को मृत्यूदर भन्दा पनि कम रहेको जनाएको छ । जब कि सार्स र मार्स को मृत्यू दर १० र ३६ प्रतिशत छ ।

अब कुरा आउँछ यति मानिसको मृत्यू किन र कसरी ? एउटै प्रश्नको जवाफ खोजौं के २०१८ वा १०१९ मा इटाली वा अमेरिकामा कुनै न कुनै फ्लूबाट मानिसको मृत्यू भएको थिएन ? २०१८ मा इटालीमा प्रति महिना ५२,७३८ र २०१९ मा ५३,३६२ मानिसको मृत्यू भएको थियो दैनिक लगभग १८,०० मानिस । भने अमेरिकामा हरेक वर्ष यहि मौसममा ५ देखि ८ लाख मानिस इण्फ्लूएन्जा जस्तै रोग इण्फ्लूइण्जा लाइक इलनेसबाट अस्पताल भर्ना हुने गर्छन् कोरोनालाई पनि यहि इण्फ्लूएण्जा लाईक इलनेस कै क्याटेगरिमा राखिएको छ र यसको मृत्यूदर लगभग २ प्रतिशत रहने गर्छ । अमेरिकामा यस वर्ष पनि यसै मौसममा अस्पताल जानेको अनुपात यहि नै छ ।

प्रश्न यो पनि छ कि, इटली, भारत लगायत अन्य देशमा डाक्टर तथा अन्य मानिसमा यो किन भयावह रुपमा देखिएको छ ? इटलीको मृत्युलाई नेशनल हेल्थ इस्टिच्यूट अफ इटली कै रिपोर्टमा प्रस्ट भनिएको छ कि, ४८.६ प्रतिशत मानिसमा कोरोना बाहेक ३ वटा अन्य बिमारी थिए, २६.६ प्रतिशत मानिसमा कोरोना बाहेर २ वटा अरु बिमारी थिए, २३.५ प्रतिशत मानिसमा कोरोना बाहेक अरु १ वटा बिमारी थिए अब बाँकी केवल १.२ प्रतिशत १३८० मानिस मात्र कोरोनाका कारण मरेका छन् । अझै बिस्तारित रुपमा जान Euromomo.eu बेवसाइट मा गई इटली वा अन्य देशको बिगत ५ वर्षको मृत्युदर हेर्न सकिन्छ । फरक यति हो कि अहिले मृत्युलाई तुरुन्त मिडियामा ल्याइएको छ । जब युके सरकारले १९ जनवरीका कोरोनालाई उच्च परिणाम संक्रामक रोगको सुचीमा राखेको थियो भने, १९ मार्च मा चुपचाप यस लिस्टबाट हटाई सामान्य रुधा खोकी को भाइरसको लिस्टमा राख्दै नडराउन भनेको छ ।

 

मास्क कति प्रभावकारी ?

मानिस बाच्न अक्सिजन आवश्यक पर्छ । यसको आपूर्ति नाकबाट लिइने सासबाट हुने गर्छ । सास लिदा बायुमण्डलमा उपस्थित नाइट्रोजन, हाइड्रोजन, कार्बन तथा अरु पनि हाम्रो शरीरमा प्रवेश गर्छन् । हाम्रै अनुभवमा यी तत्वहरु मास्क लगाएपनि वा नलगाएपनि हाम्रो शरिरमा प्रवेश गरेकै हुन्छन् । मास्कको प्वालहरु लगभग हाम्रो टाउकाको रौंको अपेक्षामा ५ वा ६ गुना ठूलो हुन्छन् । वैज्ञानिकहरुका अनुसार टाउकाको रौं लगभग १,२०,००० नैनोमिटर व्यासको हुन्छ यसरी मास्कको प्वाल लगभग ६ लाख नैनोमिटर भयो । कोरोना भाइरसको आकार मात्र १२० नैनो मिटर भनिएको छ । अब आफै अनुमान लगाउन सकिन्छ कि, ६ लाख नैनोमिटरको व्यासको प्वालबाट १२० नैनोमिटरको भाइरस कसरि रोकिन्छ । मेरो अनुसार मास्क मात्र व्यापार हो ।

यसबाट जोगिन निमको काढा, तुलसी पात, सोठ, ज्वानो, सानो पिपली, कालो मरिचहरुको काढा बनाएर साँझ बिहान सेवन गर्नु । अमिला फलफूलको रस तथा नरिवल पानीको सेवनले हाम्रो शरीरको रोग प्रतिरोध क्षमता बढ्छ । कुनै पनि भाइरल बाट जोगिन सकिन्छ ।

लेखक मोटिभेसनल स्पिकर तथा विश्लेषक एवं अवाकस मेण्टल म्याथका सिइओ हुन् ।

upendraadhikari@gmail.com

You might also like

Comments are closed.