पाँचतारे होटल पोखरा ग्राण्ड १३औं वर्षमा प्रवेश

आर्थिक आवाज
पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्ड आजबाट (अगस्ट १) स्थापनाको १३औं वर्षमा प्रवेश गरेको छ । विविध कार्यक्रमका साथ होटलले वार्षिकोत्सव मनाएको छ । पोखरा आउने स्तरीय तथा विशिष्ट पर्यटकलाई सेवा दिने लक्ष्यसहित होटल सञ्चालनमा आएको हो ।

होटलमा १० वटा स्विट रुमसहित होटलमा १ सय ४० वटा कोठा छन् । ५ वटा हल छन् । होटलमा ३ वटा रेस्टुरेन्ट र एउटा बार रहेको महाप्रवन्धक रोशन खवासले जानकारी दिए । स्पा, हेल्थ क्लब, स्विमिङ पुल, ट्राभल्स डेक्ट, बिजनेस सेन्टर तथा पर्याप्त पार्किङको सुविधा रहेको उनले बताए ।

jutta mela

होटल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा परेको बताउँछन् खवास । ‘सिजनमा फुल अकुपेन्सी रहने होटलमा लो सिजनमा पनि बुकिङ राम्रो छ,’ उनले भने, ‘हामीले प्रदान गर्ने उत्कृष्ट सर्भिसबाट पर्यटक आकर्षित भएका हुन् ।’

पोखरामा रहेको एकमात्र पाँचतारे होटल, प्राइम लोकेसन, मल्टिपल बैंक्युट हल, खाना र सेवा राम्रो भएकाले पनि पोखरा ग्राण्ड धेरैको रोजाईमा परेको उनले बताए । पोखरामा आयोजना हुने ठूला सेमिनार, भिआइपी भिजिट, सम्मेलन लगायतका कार्यक्रम प्राय पोखरा ग्राण्डमै हुने गरेको उनले जानकारी दिए । होटलमा करिब २ सय जना कर्मचारी कार्यरत छन् ।

You might also like

Comments are closed.