पोखरा व्यवसायिक महिला क्लबको सहयोग दृष्टिविहिन विद्यार्थीलाई

पोखरा ३१ वैशाख
पोखरा महानगरपालिका–१ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामग्री र न्युन आय भएकाी एक महिलालाई आर्थिक सहयोग गरेको छ ।

क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तकालयमा कम्प्युटर एक सेट, डिजिटल अडियो मिक्स्चर एक थान, हार्डडिक्स एक थान, माइक्रोफोन एक थान, टेबुल पंखा दुई थान, युएसपी दुई थान, ब्याट्री चार थान, मेमोरी कार्ड दुई थान, सातवटा पेनड्राईभ, ५ वटा मेमोरी कार्ड रिडर सगै ब्रेल पेपर सहयोग गरेको हो ।
यसै गरि डल्फिन पब्लिसर सफ्टवेयर पनि सहयोग गर्न लागेको र हाल खरिदको प्रक्रियामा रहेको क्लबकी उपाध्यक्ष धनेश्वरी पराजुलीले जानकारी दिईन ।

पुस्तकालयमा अध्ययनका लागि आउने दुष्टिबिहिनहरुलाई अध्ययनमा सहजता होस भन्ने उद्देश्य सहित सहयोग प्रदान गरेको पराजुलीको भनाई छ ।
त्यसै गरि क्लबले न्युन आयस्रोत भएकी पोखरा ११ फुलवारि वस्ने सुजा पुनलाई नगद सहयोग गरेको छ । पुनलाई गुजाराको लागि क्लबले एक लाख २६ हजार नगद सहयोग गरेको हो ।

jutta mela

क्लब मार्फत सिलाई कटिङको तालिम लिएकी पुनलाई सिलाई मेसिन सँगै आवश्यक कपडा र अन्य सामग्री खरिद गर्न सो सहयोग गरिएको उपाध्यक्ष पराजुलीले जानकारि दिईन ।
सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा क्लबकी उपाध्यक्ष पराजुली, अन्र्तराष्ट्रिय व्यावसायिक महिला क्लबकी प्रथम उपाध्यक्ष शुसन जोन, अन्र्तराष्ट्रिय व्यावसायिक महिला क्लबकी

कार्यक्रम संयोजक चुलारथ आयु थाया, व्यावसायिक महिला क्लब बुढानिलकण्ठकी सदस्य इरा प्रसाई लगायतले सहयोग सामग्री र रकम हस्तान्तरण गरेका थिए ।
क्लब पोखराकी कार्यसमिति सदस्य एक कार्यक्रम संयोजक लक्ष्मी गुरुङको पहलमा सहयोग सामग्री र सहयोग रकम जुटाएर हस्तान्तर गरिएको हो ।

You might also like

Comments are closed.