महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सवको अवसरमा गत जेठ २२ गतेदेखि २४ गतेसम्म क्रिकेट लिग आयोजना गरिएको हो ।

इमाडोलस्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गरेको छ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सि.एफ.सि. फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छे« बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरेका छन् ।

गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्था बीच सहयोग पुग्नुका साथै कर्मचारीलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनिहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । नेपाली क्रिकेटको विकासको लागि सबै संस्थाले आफ्नो क्षेत्रबाट योगदान पु¥याउन समेत उनले आग्रह गरेका छन् ।

बैंकका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलले कर्मचारीमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समय–समयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताउँछन् ।

You might also like

Comments are closed.

Secret Link