विकास र समृद्धिका लागि औद्योगीकरण र मेसिनीकरण गरौंः उपराष्ट्रपति पुन

आर्थिक आवाज
पोखरा, २ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई विकास र समृद्धिमा लैजाने हो भने औद्योगीकरण र मेसिनीकरणतर्फ लम्कनुपर्नेमा जोड दिएका छन् । पोखराको अमरसिंहचोकमा खुलेको होटल टास्क इन्टरनेसनलको बुधबार उद्घाटनका अवसरमा बोल्दै उनले विकास र समृद्धिको आधार औद्योगीकरण र मेसिनीकरण नै भएकाले नेपाल पनि त्यसतर्फ लम्कनुपर्ने बताएका हुन् । अब पनि औद्योगीकरण र मेसिनीकरणतर्फ नलम्के फेरिपनि देश पछाडिपर्ने भन्दै उनले भने, ‘अबको युग भनेको विकास र समृद्धिको युगमा प्रवेश गर्ने युग हो, अबको युवालाई औद्योगिकीकरण र मेसिनीकरण गर्नुपर्छ, उत्पादनमा लगाउनुपर्छ, नत्र हिजो विकास र समृद्धिमा पछाडि परेका हामी फेरिपनि पछाडि पर्छौं ।’

विशिष्ट क्षमता भएकाहरु धनी बन्ने जमाना भएकाले सबै क्षेत्रमा विशिष्टीकरण भएमात्र देश र जनता धनी बन्ने बताए । उनले पुँजीले पुँजी तान्ने गरी पुँजी एकीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसको नेतृत्व उद्योग, व्यवसायमा विशिष्ट क्षमता भएकाहरुले गर्नुपर्ने र त्यसको लाभांश सामान्य परिवारले पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले पुँजीलाई व्यवसायीकरण गर्दै ठूलठूला उद्योग, कलकारखाना, होटललगायत खोल्नुपर्ने बताए ।

उपराष्ट्रपति पुनले नेपालको समृद्धिको आधार पर्यटन, कृषि, उर्जा र जडिबुटी भएको र पर्यटन सबैभन्दा प्रमुख भएको बताए । उनले प्रकृति र संस्कृति देखाएर पर्यटक ल्याउनुपर्ने र गुणस्तरीय सेवा दिएर विदेशी पर्यटकलाई सन्तुष्टी दिलाएर पटक पटक आउने र चाहेजति खर्च गर्ने बनाउनुपर्ने बताए ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पाहुनालाई अतिथि देवो भवः भन्दै सेवा दिनुपर्ने बताए । उनले भने, ‘गण्डकी प्रदेशमा हामी पाहुनालाई अतिथि देवो भवः अर्थात पाहुनालाई देवता सरह मान्छौं र सेवापनि त्यहि अनुसारको दिन्छौं, त्यसका लागि स्तरीय होटल तथा रेष्टुरेण्ट आवश्यक छ, त्यो बन्ने क्रम शुरु भएको छ ।’ उनले आएका पर्यटकलाई एकैपटक जबरजस्ती खर्च गर्ने बनाउनुभन्दा गुणस्तरीय सेवा दिएर पटकपटक आउने बनाउनुपर्ने बताए । गुणस्तरीय सेवा नदिए पाउरोटी खाने पर्यटक मात्रै आउने र त्यसले समृद्धि नआउने बताए ।

मापदण्ड विपरित बनेको होटलको उद्घाटन गरे उपराष्ट्रपति पुनले

मिन गुरुङले खोले १८ करोडमा होटल टास्क इन्टरनेसनल

You might also like

Comments are closed.