सम्भावना बोकेको राम्रो शैक्षिक गन्तव्यस् व्याचलर अफ फर्मास्युटिकल साइन्सेस

प्रकाश पौडेल

औषधी भन्नाले मानिस वा पशुपंक्षीलाई रोगको निदान गर्न वा रोकथाम गर्न प्रयोग गरिने पदार्थ वा त्यस्तो पदार्थमा लगाउने साधक पदार्थ भन्ने बुझिन्छ । विश्वमा सबैभन्दा बढि विश्वास र सम्मान औषधी सम्बन्धी काम गर्ने औषधी विज्ञलाई गरिन्छ ।  औषधीको अध्ययन, अनुसन्धान, उत्पादनदेखि बिरामीले प्रयोग गर्दासम्म फर्माशिष्टको महत्वपूर्ण भुमिका रहन्छ । नेपालमा SEE पछि तीन वर्षे डिप्लोमा इन् फार्मेसी र प्लस टु पछि चार वर्षे B= Pharmacy अध्ययन गरेका जनशक्ति क्रमशः फार्मेसी सहायक र फर्माशिष्ट हुन् । नेपाल फामेर्सी काउन्सिलको पछिल्लो तथ्याङंक  अनुसार नेपालमा ३७६१ जना फर्माशिष्ट र ७१६२ जना फार्मेसी सहायक छन । फार्मेसी पेशाकर्मीले अस्पताल फार्मेसी, सामुदायिक फार्मेसी, औषधी उद्योग, औषधी व्यवस्था विभाग, अध्ययन तथा अनुसन्धान केन्द्र लगायत विभिन्न ठाँउबाट आफ्नो ज्ञान र सीप प्रयोग गरिरहेका हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको एक अध्ययन प्रतिवेदन अनुसार हरेक १००० जना मानिसलाई १ जना फर्माशिष्टको आवश्यकता पर्दछ । यसरी हेर्दा समेत नेपालमा झन्डै तीस हजार जना फर्माशिष्टको आवश्यकता अहिलेको अवस्थामा पर्दछ । त्यसैगरी औषधी व्यवस्था विभागको तथ्यांक हेर्ने हो भने नेपालमा २१,६५१ वटा सामुदायिक फार्मेसी पसलहरु दर्ता भएका छन भने दर्ता र प्रक्रिया बिना नै सञ्चालन गरिएका औषधी पसलहरु पनि प्रशस्त मात्रामा भेटिन्छन ।Drug Act -2035 अनुसार कुनै पनि औषधी, फर्माशिष्ट, असिस्टेन्ट फर्माशिष्ट वा विभागले तोकेको औषधी पेशाकर्मीले बाहेक अन्य व्यक्तिले बेचबिखन गर्न पाउँंदैनन् । यसरी हेर्दा अझै १२,००० जना फार्मेसीका जनशक्ति सामुदायिक  फार्मेसीलाई मात्र आवश्यक छ । नेपालमा मात्रै हैन, विश्व बजारमा समेत दक्ष फर्माशिष्टको अभाव रहेको छ । Pharmacy Workforce Center (PWC), अमेरिकाले स्न २०२६ सम्म फार्मेसी पेशाको आवश्यकतामा झन्डै ९ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरेको छ । त्यसै गरि अमेरिका, यूरोप एवम् अस्ट्रेलिया जस्ता विकशित मुलुकमा क्लिनिकल र औषधी उद्योगमा काम गर्न फर्मासिष्टको वार्षिक आय अधिकतम १ लाख ५० हजार डलर सम्म रहने गरेको छ ।

jutta mela

हालसम्म नेपालमा कुल ३८४ वटा औषधी कम्पनीहरु दर्ता भएको पाइन्छ ।  २३ वटा नयाँ कम्पनी यही आर्थिक वर्ष ०७५÷०७६ मा मात्र दर्ता भएको देखिन्छ । भईरहेका औषधी कम्पनीहरुले नयाँ औषधीको आविष्कार, नयाँ डोजेज फर्मुलेसन बनाउन  सकिरहेका  छैनन् । खाली, भइरहेका फर्मुलेसन निर्माण, प्याकेजिङ आदि मात्र गर्ने हुनाले हामी अझै औषधीमा परनिर्भर छांै । प्राकृतिक सम्पदा पर्याप्त हुदाहुदै पनि अनुसन्धानको कमी छ । हाम्रो देशको आफ्नै फर्माकोपिया छैन, उल्लेख्य मात्रामा प्याटेन्टहरु दर्ता भएका पनि छैनन् । औषधी सम्बन्धी जानकारी लिने ठाउँ (Drug Information Center) पनि छैनन्, अस्पतालमा अस्पताल फार्मेसी निर्देशिका बनेपनि प्रभावकारी ढंगले लागुहुन सकेको छैन, अधिकांश अस्पतालहरु  Drug and Therapeutic Committee बिनानै चलिरहेका छन् भने फर्मास्युटिकल साइन्समात्र पढाइ हुने छुटै विश्वविद्यालय पनि बन्न सकेको अवस्था छैन । फार्मेसीका प्रमुख विधाहरु जस्तै Pharmacology, Pharmaceutics, Pharmacognosy आदि विषयमा स्नातकोत्तर तथा विद्यावारिधिको अध्ययन गर्नका निम्ति हाम्रा विद्यार्थीहरु विदेशी विश्वविद्यालयमा जान वाध्यात्मक परिस्थिति छ जसले गर्दा वार्षिक रुपमा ठूलो धनराशी देशवाट बाहिरिएको छ ।

तैपनि नेपालका ४ वटा विश्वविद्यालय (पूर्वाञ्चल, पोखरा, त्रिभुवन र काठमाडौं) र यिनै विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजहरुले व्याचलर अफ फार्मेसी विषयको अध्यापन गराउदै आएका छन् । बी. फार्मेसी अध्ययनको लागि पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगत रहेर ७ वटा कलेजहरु नेपालभर सञ्चालित छन् । प्रविधिक शिक्षामा अब्वल रहेको पूर्वाञ्चल विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको प्रयासले फार्मेसी अध्ययनमा अवसर सिर्जना गरेको छ ।

पोखराको परिपेक्ष्यमा पोखरा विश्वविद्यालय र नोभेल एकेडेमीमा बी. फार्मेसी पढाइ हुँदै आएको छ । निजी क्षेत्रको पहिलो प्रयासमा आज भन्दा एक दशक अगाडि स्थापना भएको नोभेल एकेडेमी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र कलेज हो । यस एकेडेमीले विश्वका विभिन्न ठाउँ वाट उच्च शिक्षा हासिल गरेर आउनुभएका प्राध्यापकवाट आफना विद्यार्थीलाइ बजारको माग र आवश्कता अनुसार सैद्दान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गदै आएको छ । यस कलेजले नेपालको संघीयताको मोडेलअनुसार आवश्यक पर्ने फार्मेसीको थप जनशक्ति लाइ पूर्ति गर्नुका साथै अहिलेको विश्वबजारलाई आवश्यक र प्रतिस्पर्धा गर्न सक्ने सक्षम फर्माशिष्टको उत्पादन गदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बी. फार्मेसीको पाठ्यक्रम अन्य विश्वविद्यालयको भन्दा केहि हदसम्म नयाँ तथा परिमार्जित र Clinical Oriented छ ।

यस विश्वविद्यालय बाट अध्ययन गरेका विद्यार्थीहरु नेपालको तत्काल आवश्यक पर्ने हस्पिटल तथा Clinical Setting  मा काम गर्न सक्षम हुनेछन् । त्यसैगरी  दिनानुदिन बढ्दो रोगहरुको पहिचान तथा उपचारको निम्ति नयाँ नयाँ Drug Molecules को अध्ययन अनुसन्धान गर्न चाहने क्षमतावान्, रचनात्मक र समग्र विश्वको हित चाहने विद्यार्थीलाई अध्ययनको लागि आह्वान गरिहेको छ । गरिब, जेहेन्दार तथा पिछडिएको वर्गको लागि पूर्ण छात्रवृत्ति समेत यस एकेडेमीले प्रदान गर्दै आएको छ भने निकट भविष्यमा देशलाई चाहिने अति आवश्यक फार्मेसीका विषयहरुमा स्नातकोत्तर तह सञ्चालन गर्न कलेज प्रशासन लागि परेको छ ।

लेखक  नोभेल एकेडेमी, पोखराका डिपार्टमेन्ट अफ फार्मेसीका प्रमुख तथा International Pharmaceutical Federation (FIP) का सदस्य पनि हुन् ।

You might also like

Comments are closed.