काठमाडौं । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परी कम्तीमा १० जनाको ज्यान गएको छ भने अन्य ९ जना घाइते भएका छन् ।
एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परी १० जनाको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। अधिकारीहरुका अनुसार बिहीबार राति सो आगलागी भएको हो ।
उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे आगलागी भएको थियो । यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । अगलागीको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Comments are closed.