नाइजेरियामा बन्दुक आक्रमण : १५ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं । उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा उनिहरुको मृत्यु भएको राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले जानकारी दिए ।

बन्दुकधारीले पैसा संकलन गर्नका लागि गाउँमा आक्रमण गरेको तर गाउँलेले प्रतिरोध गर्न खोज्दा उक्त घटना भएको उनले बताए ।

lcci
You might also like

Comments are closed.