कांग्रेस जिल्ला कोषाध्यक्षहरु पोखरामा भेला हुने

 

पोखरा, ५ चैत

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरु पोखरामा भेला हुने भएका छन् । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको साझा संस्था नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको तेश्रो सम्मेलनमा उनीहरु पोखरामा भेला हुने भएका हुन् । चैत २८ र २९ गते पोखरामा हुने सम्मेलन नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनलाई सभापती देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।

jutta mela

पोखरा सभागृहमा हुने सम्मेलनले पार्टीलाई एक ढिक्का बनाउन दवाब दिने अध्यक्ष पुडासैनीले बताए । पार्टीमा गुट, उपगुट मौलाउँदा कांग्रेस कमजोर भएको बताउँदै उनले भने,‘सम्मेलनले पार्टीको गुट उपगुटको अन्त्य गरि पार्टीलाई एक ढिक्का बनाउन दवाब दिन्छ ।’

सम्मेलन सरकारबिरुद्ध राष्ट्रव्यापी बिरोधका लागि पार्टी नेतृत्वलाई आग्रह गर्ने तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नम्बर २ मा हुने उप चुनावमा कांग्रेस उम्मेद्वारलाई बिजयी गराउनका लागि पनि कोशेढुंगा सावित हुने अध्यक्ष पुडासैनीले बताए ।

नेपाली कांग्रेस कास्कीको ब्यबस्थापनमा हुने सम्मेलनमा सतहत्तरै जिल्लाका कोषाध्यक्षहरुको सहभागिता हुने नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिईन् ।

प्रचार संयोजक नवीन सिग्देलले जिल्ला कोषाध्यक्षहरुको सम्मेलनले पार्टीलाई अझ बढी सुधार र मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.