मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता अभियान

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत कार्यक्रम गरेको बैंकले जनाएको छ ।

कास्कीको पोखरा–३३ स्थित सरस्वती टिका स्कूल र कैलालीको धनगढी–४ स्थित सिसिएस कलेजमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक लगायतको सहभागीता रहेको जनाइएको छ ।

यस्तै ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड नजिकैको परिसरमा र सुर्खेतको विरेन्दनगर–११ स्थित देउतीबजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी दिइएको छ । स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम गरेको बैंकले जनाएको छ ।

डिजिटल कारोबारलार्ई प्रोत्साहन बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

 

 

You might also like

Comments are closed.