काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सिमराभवानीपुर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अवसरमा रौतहट बृन्दावन नगरपालिका–२ विश्रामपुर स्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरेको हो ।
वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व, वित्तीय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ, आम्दानी, खर्च, कर्जाको प्रयोग लगायतका विषयमा अन्तक्र्रिया तथा जनचेतनामुलक सामाग्रीहरु प्रस्तुत गरिएको छ ।
महेन्द्रनगर प्रादेशिक कार्यालयका प्रदेश प्रमुख कृष्ण ढुङ्गानाको अध्यक्षतामा र दहियार अनुगमन स्टेशन प्रमुख भुपेन्द्रबहादुर खड्काको सञ्चालनमा चलेको कार्यक्रममा करिव ६० जना विद्यार्थी सहभागी थिए ।
ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले वित्तीय संस्थाले सातै प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
Comments are closed.