पोखरा । प्राइम कमर्सियल बैंक लिमिटेड र रामज्योती माध्यमिक विद्यालय पोखरा महानगरपालिका २६ सक्नेरी बीच सम्झौता भएको छ ।
“विद्यार्थीको छात्रवृत्ति बैंकमा” कार्यक्रम अन्र्तगत खोलिने बैक खाता सम्बन्धी सम्झौता गरिएको छ । बालबालिकामा सानै उमेरदेखि बचत गर्ने बानीको विकास, छात्रवृत्तिको सदुपयोग साथै वित्तीय साक्षरताको अवधारणा विकास, अनावश्यक खर्च कटौती गरी उच्च शिक्षामा लगानी गर्न र अभिभावकको आर्थिक भार कम गर्ने उद्धेश्यले सम्झौता गरिएको हो ।
यस विद्यालयमा अध्ययनरत कक्षा बालविकास देखि कक्षा १० सम्मका छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको बचत खाता प्राइम कमर्सियल बंैक लिमिटेडमा खोलिनेछ । खोलिएको बचत खातामा बंैकको तर्फबाट खाता खोल्दा एक पटकको लागि रु एक सय जम्मा गरिदिनेछ ।खोलिएको बचत खातामा बंैकले प्रकाशित व्याजदरको उच्चतम व्याज प्रदान गर्ने बताइएको छ ।
सम्झौता कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक गुमनाथ लामिछाने, प्राथमिक इन्चार्ज पूर्णिमा गुरुङ, बैंकको तर्फबाट बुढीबजार शाखा प्रमुख लक्ष्मण कुवँर, अधिकृत महेशराज देवकोटा, अपरेसन इन्चार्ज जयन्ती गुरुङ लगायत सहभागी थिए ।
Comments are closed.