प्रभात माविका विद्यार्थीलाई झोला वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा रहेको प्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ ।

शुक्रवार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालनको अवसरमा १५० थान विद्यालय झोला, ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।

बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र प्रभात माविको तर्फबाट प्रधानाध्यापक राजेश्वरमान श्रेष्ठ लगायत सहभागि थिए । झोला वितरणले विद्यार्थीलाई पठनपाठनमा राहत मिल्ने बंैकले जनाएको छ ।

मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

You might also like

Comments are closed.