मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस बीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट नगरपालिका ९ मा सञ्चालित चापाकोट क्याम्पस बीच सम्झौता भएको छ ।

यस क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यावहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्ष बीच आपसी सम्झौता गरिएको हो । समझदारी पत्रमा बैंकको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

चापाकोट क्याम्पसमा व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रममा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उद्धेश्य रहेको छ । यस समझदारी ५ बर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताए ।

कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारी, प्राज्ञिक व्यक्ति सितारम गैह्र्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, पे्रमचन्द« भट्टराई, उप प्राध्यापकहरु, शिक्षक, समाजसेवी, वडाध्यक्ष कृष्ण सुवेदी लगायत सहभागी थिए । चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

You might also like

Comments are closed.